
काठमाडौं ।
यातायात व्यवस्था विभागले आज मंगलबारदेखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) को नयाँ आवेदन खुलाएको छ। गत वैशाख १५ गतेदेखि देशभर गरिएको निषेधाज्ञाका कारण वैशाख १६ गतेदेखि रोकिएको नयाँ आवेदन ६ महिनापछि खुलाईएको हो।
यातायात व्यवस्था विभागकाअनुसार सेवाग्राहीका लागि नयाँ आवदेन खुला गरिएको छ। विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ।
यसका लागि विभागको तोकिएको वेबसाइटमा गएर सेवाग्राहीले फाराम भर्नुपर्नेछ।
यसअघि पुराना आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो। हाल उनीहरुको ट्रायल चलिरहेको छ। सो ट्रायलमा पास हुनेहरुलाई विभागले अस्थाई लाइसेन्स दिने गरेको छ।
विभागकाअनुसार सेवाग्राहीले नयाँ आवेदनका लागि बिहान ६ बजेदेखि राती १० बजेसम्म फारम भर्न सक्नेछन्।
यसरी भर्नुस् अनलाइन स्मार्ट लाइसेन्सको फारम:
यति गरिसकेपछि मात्र तपाईँ लाइसेन्सको लिखित परीक्षामा सहभागी हुन सक्नुहुनेछ भने लिखित पास भएपछि मात्र ट्रायल हुनेछ।
नयाँ आवेदन दिनेहरुले अब विभागले तयार पारेको अंकभार प्रणालीअनुसार परीक्षा दिनेछन्। जसमा लिखित परीक्षामा अब ४/४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार १०० को हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा कम्तिमा ६० अंक ल्याउनुपर्नेछ। नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ। त्यसभित्रैबाट प्रश्न सोधिने बताईएकोछ।
विभागले हाल आवेदन दिनेहरुको लागि ४/५ महिनापछि मात्र पालो आउने जनाएको छ ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार