
काठमाडौं ।
अमेरिकी टेक जायन्ट गुगलले रुसमा ३ करोड २० लाख रुबल अर्थात् लगभग ४ लाख ५५ हजार डलर जरिबाना तिरेको छ।
उक्त जरिबाना गुगलले मस्कोले अवैध ठहराएको सामग्री डिलिट नगरेकोमा तिराइएको रुसी कानून निर्माताले सोमबार बताएका हुन्।
रुसले गत हप्ता गुगलले बारम्बार प्रतिबन्धित सामग्री यूट्युब तथा सर्च इन्जिनबाट डिलिट गर्न नसकेकाले रुसमा गर्ने वार्षिक आम्दानीको एक प्रतिशत मात्र माग गरेको बताएको थियो।
रुसले विदेशी प्रविधि कम्पनीमाथि नियन्त्रणका लागि चालेको मजबुत कदमका रुपमा लिइएको छ।
रुसमा विदेशी हस्तक्षेपको अनुसन्धान गर्ने संसदीय आयोग सम्हालिरहेका भ्यासिली पिस्कारेभ नामका ती कानून निर्माताले सोमबार गुगलका प्रतिनिधिहरुले वार्ता गर्न चाहेको र हलसम्म जरिबानाका रुपमा ३ करोड २० लाख डलर तिरिसकेको बताएका हुन्।
पूर्वी तथा मध्यपूर्वी एसियाका सरकारी अधिकारीहरुसँग संवाद गर्ने यूट्युबका निर्देशक मार्को प्यान्सिनीले एउटा ब्लग पोस्टमा गुललले आफूमाथि लगाइएका सबै जरिबानाहरु तिरिसकेको उल्लेख गरेका छन्। यो वर्षका लागि उक्त रकम ३ करोड २५ लाख रुबल हाराहारी रहेको बताइएको छ।
नियामक संस्थाका रोस्कोम्नाजोरले सोमबार गुगलसँग यूट्युब स्लो बनाउन सक्ने प्राविधिक क्षमता रहेको बताए।
सन् २०२० मा गुगलमा डिलिट गर्न आह्वान भएकामध्ये ९६.२ प्रतिशत सामग्री डिलिट गरिएको थियो भने यो वर्षको पूर्वार्द्धमा ४ लाख ८९ हजारभन्दा बढी भिडियोहरु हटाइसकेको छ। तर रुसले भने थुप्रै प्रतिबन्धित सामग्री अझै बाँकी रहेको बताएको छ।
प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार