एक महिनामा क्यूआर कोडमार्फत् हुने कारोबार ८० करोड रुपैयाँले वृद्धि

  • Technology Khabar | ९ कार्तिक २०७८, मंगलवार
एक महिनामा क्यूआर कोडमार्फत् हुने कारोबार ८० करोड रुपैयाँले वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

श्रावण मसान्तदेखि भदाै मसान्तसम्मको एक महिनाको अवधिमा क्यूआर कोडमार्फत ८० करोड १० लाख रुपैयाँको कारोबार भएको छ।

नेपालमा भदाै महिनामा क्यूआर कोडमार्फत ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको स्थूल वित्तीय प्रतिवेदनमा भदाै मध्यसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या १५ लाख ७७ हजार ५६१ रहेको तथ्याङ्क छ।

एक महिना अघि श्रावण मसान्तसम्ममा यो कारोबारको संख्या १२ लाख ९३ हजार ३४९ रहेको थियो।

यो आँकडाका हिसाबले  सरी हेर्दा असार मध्यसम्ममाभन्दा श्रावण मध्सयम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या २ लाख ८४ हजार २१२ ले  बढी हो।

श्रावण महिनामा क्यूआर कोडमार्फत् ५ अर्ब ५ करोड ६० लाख रुपैयाँको कारोबार भएकामा भदाै मसान्त सम्मको एक महिनामा यो रकम उल्लेख्य परिमाणमा बढेर ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँमा पुगेको हो ।

तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा ८० करोड १० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

प्रकाशित: ९ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ९ कार्तिक २०७८, मंगलवार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ९ कार्तिक २०७८, मंगलवार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ९ कार्तिक २०७८, मंगलवार