
काठमाडौं ।
जापानी अटो टेक कम्पनी पानासोनिकले टेस्लाका लागि बनाइने ब्याट्रीको प्रोटोटाइप सार्वजनिक गरेको छ।
कम्पनीका ब्याट्री युनिट हेडले सोमबार उक्त शक्तिशाली ब्याट्रीको प्रोटोटाइप सार्वजनिक गर्दै अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लासँगको सम्बन्ध अझ मजबुत हुने बताएका हुन्।
यसै क्रममा उनले विद्युतीय सवारीका लागि सस्तो लिथियम आइरन फस्फेट अर्थात् एलएफपी ब्याट्री बनाउने कम्पनीको कुनै योजना नभएको पनि प्रस्ट पारे।
पानासोनिक एनर्जी बिजनेसका प्रमुख काजोउ तादानोबुले मिडिया राउन्ड टेबलमा यसका बारेमा प्रकाश पारेका थिए।
सम्बन्धित समाचार
पानासोनिकले टेस्लामा रहेको आफ्नो शेयर ३.६१ अर्ब डलरमा बेच्यो
एप्पलको कार ब्याट्रीसम्बन्धी छलफल चिनियाँ कम्पनीसँग स्थगित, अब पानासोनिकसँग छलफल हुने
प्रकाशित: ८ कार्तिक २०७८, सोमबार