बलिउड कलाकार अमिताभ बच्चन र सलमान खानले पनि एनएफटी ल्याउँदै

  • Technology Khabar | ८ कार्तिक २०७८, सोमबार
बलिउड कलाकार अमिताभ बच्चन र सलमान खानले पनि एनएफटी ल्याउँदै

काठमाडौं ।

बलिउड अभिनेता अमिताभ बच्चन तथा सलमान खानले पनि एनएफटी ल्याउने तयारी गरिरहेका छन्।

यीमध्ये अमिताभ बच्चनको एनएफटीमा उनका चलचित्रका हस्ताक्षर गरिएका पोस्टरहरु रहने बुझिएको छ।

उता सलमान खान भने ट्विटरमा आफ्ना ४ करोडभन्दा बढी फ्यानलाई आफ्नो आउँदै गरेको एनएफटीका बारेमा उत्साहित बनाइरहेका छन्।

‘एनएफटी बलिउडका लागि नयाँ छ तर कलाकारहरुले यसलाई आम्दनी गर्ने वैकल्पिक बाटोका रुपमा प्रयोग गर्नेमा म ढुक्क छु’, बलिउडका सामग्रीहरुको एनएफटी बजार बलिक्वाइनका अयान अग्निहोत्रीले भने।

उनका अनुसार यसै महिना सार्वजनिक हुने दिनभित्र उनको प्लेटफर्मले उपलब्ध २ करोडमध्ये ८० लाख बलिक्वाइन बेचेको बताए। बलिक्वाइन एनएफटी सार्वजनिक भएपछि किन्नका लागि प्रयोग हुने क्रिप्टो टोकन हुन्। १ बलिक्वाइनको मूल्य १० अमेरिकी सेन्ट रहेको छ।

भारतीय क्रिकेटर दिनेश कार्तिकले पनि उनको एउटा क्रिकेट म्याच जिताउन अन्तिम बलमा छक्का हानेको डिजिटल आर्ट रील ५ इथेरियम मूल्यमा बिक्रीमा राखेका छन्। एक इथेरियमको मूल्य लगभग २० हजार अमेरिकी डलर हुन्छ।

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार