लाइसेन्स नवीकरण नगर्ने सेवा प्रदायकलाई सेवा सुबिधा रोक्ने सूचना तथा प्रसारण विभागको चेतावनी

  • Technology Khabar | ८ कार्तिक २०७८, सोमबार
लाइसेन्स नवीकरण नगर्ने सेवा प्रदायकलाई सेवा सुबिधा रोक्ने सूचना तथा प्रसारण विभागको चेतावनी

काठमाडौं ।

सूचना तथा प्रसारण विभागले एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएचलगायतका सेवा प्रदायकहरुलाई सेवा संचालन गर्ने लाइसेन्स नवीकरण गर्न भनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको नियमनकारी निकाय विभागले लाइसेन्स नवीकरण नगरी सेवा संचालन गरीरहेका सेवा प्रदायकहरुको सेवा सुविधाको सिफरिस रोकिदिने चेतावनी दिएको हो ।

विभागले हालै सूचना प्रकाशित गरेर केहि सेवा प्रदायकहरुले लाइसेन्स नवीकरण नगरेको पाईएको भन्दै कारबाही स्वरुप विभागबाट प्रदान गरीने सिफारिस रोक्ने चेतावनी दिएको हो ।

सबै प्रकारका इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र प्राप्त संस्थाहरुले हालसम्म नवीकरण नगरिएको वा केहि कैफियतले नवीकरण नगरिएको भए सो संस्थाहरुले आफ्नो इजाजतपत्र अनुमतिपत्र र लाइसेन्स पत्र नवीकरण नगराएसम्म यस विभागबाट पाउने कुनैपनि सेवा सुविधा सिफारिस नगरीने अनुरोध छ, सूचनामा भनिएको छ ।

विभागबाट एफएम, टेलिभिजन, डिजिटल केबुल अपरेटर, डिटिएच, एमएसओ, आईपीटिभी, एमएमडीएस, डिटिटिबीको अनुमति पत्र लिएर मात्र सेवा सञ्चालन गर्न पाईने कानूनी व्यवस्था छ।

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार