सेवा प्रदायकहरुले विगत ५ वर्षमा कति रोयल्टी र फ्रिक्वेन्सी दस्तुर बुझाए?

  • Technology Khabar | ८ कार्तिक २०७८, सोमबार
सेवा प्रदायकहरुले विगत ५ वर्षमा कति रोयल्टी र फ्रिक्वेन्सी दस्तुर बुझाए?
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

नेपालका विभिन्न दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले बुझाएको विगत ५ वर्षको रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष तथा फ्रिक्वेन्सी दस्तुरको प्रवृत्ति मिश्रित रहेको पाइएको छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन अनुसार फ्रिक्वेन्सी दस्तुर घट्ने-बढ्ने हिसाबले अघि बढेको छ भने ग्रामीण दूरसञ्चार विकास कोषको रकम अलिलि बढ्दै गएर अन्त्यमा घटेको पाइएको छ।

यसै क्रममा रोयल्टी रकमको प्रवृत्ति भने समग्रमा घट्दो क्रममा गएको देखिन्छ।

यी सेवा प्रदायकहरुले विगत ५ वर्ष अर्थात् आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्म नेपाल दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टीमार्फत् क्रमश: ८ अर्ब ६६ करोड ४० लाख ६१ हजार, ९ अर्ब ४६ करोड ८७ लाख ९३ हजार, ८ अर्ब ७३ करोड  ९३ हजार, ९ अर्ब ८२ करोड ६२ लाख १७ हजार तथा ९ अर्ब २ करोड ८० लाख ६५ हजार, रुपैयाँ दाखिला गरेका छन्।

यस्तो छ पाँच वर्षको तालिका

२०७२/७३२०७३/७४२०७४/७५२०७५/७६२०७६/७७
फ्रिक्वेन्सी दस्तुर२३४१२.६१३०७९१.३०२३०१३.४५३८७६३.०६३७२९९.८०
आरटीडीएफ२०१५९.२९२०६४०.००२२५९९.०२२००३६.६२१७६६८.५९
रोयल्टी४३०६८.७१४३२५६.६३४१६८८.४६३९४६२.५०३५३१२.२७
जम्मा८६६४०.६१९४६८७.९३८७३००.९३९८२६२.१७९०२८०.६५

*सबै रकम लाखमा

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...