शाओमीको एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी यूरोपमा आधिकारिक रुपमा उपलब्ध

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
शाओमीको एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी यूरोपमा आधिकारिक रुपमा उपलब्ध

काठमाडौं ।

चिनियाँ स्मार्ट डिभाइस कम्पनी शाओमीले ल्याएको एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी आधिकारिक रुपमा यूरोपमा उपलब्ध भएको छ।

गत सेप्टेम्बरको मध्यतिर भएको शाओमीको ठूलो सार्वजनिक इभेन्टमा कम्पनीले अन्य डिभाइसहरुसँगै एमआई स्मार्ट ब्यान्ड ६ एनएफसी यूरोपका लागि घोषणा गरेको थियो।

एनएफसी नभएको भर्सन भने गत मार्चमा नै सार्वजनिक भइसकेको थियो। तर यो एनएफसी भर्सनले भने मास्टरकार्डसँगको सहकार्यमा भुक्तानी पनि सपोर्ट गर्ने बताइएको छ।

शनिबार कम्पनीले एमआई ब्यान्ड ६ को एनएफसी भर्सन यूरोपमा इटलीमा मात्रै सार्वजनिक गरेको हो। यक्ष डिभाइस शाओमीको इटलियन स्टोर वा अमेजन इटलीमार्फत् ५४.९९ यूरोमा किन्न सकिने बताइएको छ।

एमआई ब्यान्ड ६ को यो भर्सनमा माइक्रोफोन र एलेक्सा सपोर्ट रहेको छ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार