ओपोको पहिलो फोल्डेबल स्मार्टफोनमा नोभेम्बरमा आउने

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
ओपोको पहिलो फोल्डेबल स्मार्टफोनमा नोभेम्बरमा आउने

काठमाडौं ।

ओपोले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको जानकारीहरु लामो समयदेखि आइरहेको छ।

यस वर्षको सुरुमा आएका रिपोर्टहरूले सुझाव दिएअनुसार कम्पनीले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन २०२१ भित्रै कुनै समयमा प्रस्तुत गर्नेछ।यो अन्ततः अर्को महिना नोभेम्बरमा हुने अब आएका नयाँ रिपोर्टहरूले सुझाव दिइरहेका छन्।

कम्पनीले यसअघि २०२१ को पहिलो अर्ध वार्षिकमा आफ्नो पहिलो फोल्डेबल प्रस्तुत गर्ने हल्ला थियो, तर त्यस्तो भएन। अब, यस्तो देखिन्छ कि डिभाइस नोभेम्बरमा आउँछ, वा कम से कम २०२१ को अन्त्य भन्दा पहिले आउनेछ ।

नयाँ रिपोर्ट सीधा चीनबाट आएको हो जहाँ ओपोले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोन लन्च गर्ने बताईएको छ। आएका हल्ला र लीकका अनुसार कम्पनीले सामसङको ग्यालेक्सी जेड फोल्ड सिरिजको जस्तै डिजाइन अपनाउनेछ।

ओपो फोल्ड वा ओपो एक्स फोल्ड नामक राखिने फोनमा १२० हर्ज रिफ्रेस रेट र एलटीपीओ प्रविधिको साथ ८ इन्चको फोल्ड गर्न मिल्ने आन्तरिक डिस्प्लेको साथ आउनेछ।

केहि रिपोर्टहरुले बिओईबाट प्यानल लिईएको बताउँदै आएका थिए। यद्यपि, नयाँ लीकहरूले यो सामसङको डिस्प्ले हुने उल्लेख गरेका छन्। त्यहाँ क्ल्यामशेल-जस्तो डिजाइन भएको ओपो फोल्डेबल फोनको चर्चा पनि छ, तर यो २०२२ मा आउनेछ भन्ने अनुमान गरीएको छ ।

नयाँ फोल्ड गर्न मिल्ने स्मार्टफोनले क्वालकम स्न्यापड्रागन ८८८ प्रयोग गर्नेछ। किनकी क्वालकमले आफ्नो नयाँ चिपसेट क्वालकम स्न्यापड्रागन ८९८ डिसेम्बरसम्म सार्वजनिक गर्ने अपेक्षा गरीएको छ। यसका साथै पछिल्लो दिनमा सेमीकन्डक्टर उद्योगको संकटले समेत असर पारेको छ। तर ओपोसँग स्न्यापड्रागन ८८८ को ठूलो स्टक भएको अनुमान गरीएको छ।

ओपोले पहिलो फोल्डेबल स्मार्टफोनमा ५० मेगापिक्सेलको मूख्य क्यामराका साथमा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा हुने अनुमान गरीएको छ ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार