पब्जी न्यू स्टेट गेम आगामी नोभेम्बर ११ मा सार्वजनिक हुँदै, एन्ड्रोइड र आईओएस दुवैमा चल्ने

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
पब्जी न्यू स्टेट गेम आगामी नोभेम्बर ११ मा सार्वजनिक हुँदै, एन्ड्रोइड र आईओएस दुवैमा चल्ने

काठमाडौं ।

दक्षिण कोरियाली गेम निर्माता कम्पनी क्राफ्टनले पब्जी न्यू स्टेट गेम आगामी नोभेम्बर ११ तारिखका दिन सार्वजनिक गर्ने भएको छ।

कम्पनीका अनुसार यो गेम २०० भन्दा बढी देशमा रहेका एन्ड्रोइड तथा आईओएस यूजरहरुका लागि उपलब्ध हुनेछ। यसका लागि आगामी २८-३० अक्टोबरमा २८ देशमा यस गेमको अन्तिम परीक्षण गर्ने कम्पनीको तालिका छ।

करोडभन्दा बढी ले गरे प्रि-रजिस्ट्रेशन

डेभलपरहरुले पब्जी न्यू स्टेट गेम निर्माण गर्ने घोषणा गत फेब्रुअरीमै गरेका थिए। यो गेम रिलीज हुनुअगाडि नै एन्ड्रोइड तथा आईओएसमा करोडभन्दा बढीले प्रि-रजिस्ट्रेशन गरिसकेको कम्पनीको दावी छ।

यो गेमको प्रि-रजिस्ट्रेशन वैश्विक हिसाबले गेमको घोषणा गरिएपछि नै खुलाइएको थियो। भारतमा भने यो प्रि-रजिस्ट्रेशन सेप्टेम्बरमा मात्र उपलब्ध भएको थियो।

फ्री-टू-प्ले मोबाइल गेमको रूपमा शुरू हुने

यूट्युबमा लाइभस्ट्रीम इभेन्टमा क्राफ्टनले पबजी न्यू स्टेट वैश्विक रुपमा विभिन्न १७ भाषामा उपलब्ध हुने र यो एउटा फ्री-टू-प्ले मोबाइल गेमका रुपमा आउने बताएको छ।

सन् २०५१ को थिममा आधारित पब्जी न्यू स्टेट गेमले नेक्स्ट जेनरेशनलाई ब्याटल रोयलको अनुभव प्रदान गर्ने बुझिएको छ।

यसमा नयाँ रेन्डरिङ प्रविधि तथा एउटा गनप्ले सिस्टम समावेश हुनेछ। यसको तुलना पीसी भर्सनको पब्जी ब्याटलग्राउन्ड्ससँग गरिँदै आएको छ।

नयाँ म्याप तथा अझ सुधारिएको गेम प्ले

पीसी तथा कन्सोलका लागि पहिलेको पब्जी गेमजस्तै यो मोबाइल गेमको ब्याटल रोयल गेम भर्सन पनि पब्जी स्टूडियोले नै विकास गर्नेछ जसमा नयाँ म्याप तथा अझ सुधारिएक गेम प्ले उपलब्ध हुने बताइएको छ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार