एप्पलले नोभेम्बर इभेन्ट नगर्ने संकेत, नयाँ आईप्याड प्रो तथा आइम्याक अर्को वर्ष सार्वजनिक हुने

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
एप्पलले नोभेम्बर इभेन्ट नगर्ने संकेत, नयाँ आईप्याड प्रो तथा आइम्याक अर्को वर्ष सार्वजनिक हुने

काठमाडौं ।

एप्पलले यसै हप्ता आधिकारिक रुपमा आफ्नो चीर प्रतीक्षित अनलिश्ड इभेन्ट गरेर १४ र १६ इन्चका म्याकबुक प्रो मोडलहरु सार्वजनिक गर्यो।

यो इभेन्ट धेरै महिनापछि गरिएको एप्पलको दोस्रो कार्यक्रम थियो। तर हालैका रिपोर्ट अनुसार यो नै एप्पलको यस वर्षको अन्तिम इभेन्ट हुन सक्ने बुझिएको छ।

गत वर्ष एप्पलले तीन ओटा यस्ता विशेष कार्यक्रमहरु आयोजना गरेको थियो। जसमध्ये एउटा सेप्टेम्बरमा एप्पल वाच तथा आईप्याडसँग सम्बन्धित थियो। यसैगरी अर्को अक्टोबरमा भएको थियो जुन आईफोन १२ तथा होमपडमा बढी केन्द्रित थियो।

अन्तिम तथा तेस्रो इभेन्ट पनि अक्टोबरमै गरिएको थियो र यसले विशेष गरी एप्पलकै चिपयुक्त नयाँ म्याकबुक एयर, म्याकबुक प्रो तथा म्याम मिनीसँग सम्बन्धित थियो।

पावर अन नामक न्यूजलेटरको हालैको संस्करणमा ब्लूमबर्गका मार्क गर्मनले आफूले एप्पलको तेस्रो इभेन्ट वा कुनै विशेष अपडेट यसै वर्ष हुने अपेक्षा नराखेको उल्लेख गरेका छन्।

तर केही रिपोर्टहरुमा भने एप्पलले आफ्नो अक्टोबर इभेन्टमा नयाँ म्याक मिनी सार्वजनिक गर्ने बताइरहेका छन्।

गर्मनले भने यो इभेन्ट २०२२ का लागि सारिएको र यस बाहेक नयाँ ठूलो साइजको एप्पल सिलिकन आईम्याक, नयाँ आईफोन एसई तथा नयाँ आईप्याड प्रो सार्वजनिक हुने मिति पनि २०२२ कै लागि सारिएको बताएका छन्।

उनले एम२ चिपयुक्त म्याकबुक एयर आउन अझै ६ देखि ८ महिना लाग्न सक्ने र यसमा सन् २०१० यताकै ठूलो डिजाइन परिवर्तन रहने बताएका छन्।

२०२२ मा आउने आईप्याड प्रोका बारेमा ब्लूमबर्गमा आएका यस अघिका रिपोर्टहरु अनुसार एप्पलले यसका लागि ग्लास ब्याक तथा वायरलेस चार्जिङसहितको रिडिजाइन गरिरहेको छ।

एप्पलका विश्लेषक मिङ चि कुओले पनि एप्पले सन् २०२२ मा ११ इन्चको आईप्याड प्रो मोडलमा मिनी एलईडी डिस्प्ले प्रविधि प्रयोग गर्ने बताएका थिए।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...