
काठमाडौं ।
नेदरल्यान्ड्स सरकारले आफूले टेस्लाका गोप्य र इन्क्रिप्ट गरिएका ड्राइभिङ डाटाहरु सबैले बुझ्न सक्ने अर्थात् डिक्रिप्ट गर्न सक्ने दावी गरेको छ।
हालै नेदरल्यान्ड्स सरकारले स्थापना गरेको फरेन्सिक ल्याबमा टेस्लाले इन्क्रप्ट गरेर राखेका ड्राइभिङ डाटा डिक्रिप्ट गर्न सफल भएको बताइएको छ।
नेदरल्यान्ड्स फरेन्सिक इन्स्टिच्युट नामक उक्त प्रयोगशालाले टेस्लाको अटो पाइलटका बारेमा थुप्रै जानकारी हासिल गरेको बताएको छ। यसमा स्पीड, एक्सलरेटर, पेडल पोजिशन, स्टीरिङ ह्वीललगायतसँग सम्बन्धित छन्।
यी पत्ता लागेका तथ्यबाट सरकारले अझै लक्षित डाटाहरु मागेर दुर्घटनाका बारेमा निचोडमा पुग्न सहयोग हुने अनुसन्धाताहरुले बताएका छन्।
यी अनुसन्धाताहरुले यसअघि नै टेस्लाले दुर्घटनासम्बन्धी डाटा इन्क्रिप्ट गरेर राख्ने पत्ता लगाइसकेका थिए।
तर कुन प्रकारको र कति डाटा यसरी गोप्य राखिन्छन् भन्ने पत्ता लगाउन उनीहरुले सिस्टमलाई उल्ट्याएर हेर्दा मोडल एस, एक्स, वाई र ३ का बारेमा यस्ता जानकारी प्राप्त गर्न सफल भएको एक कार्यपत्र प्रस्तुत गर्दै ल्याबका अधिकारीहरुले जानकारी दिएका हुन्।
प्रकाशित: ७ कार्तिक २०७८, आईतवार