सफ्टवेयर कम्पनी एडोबले खोप नलगाउने कर्मचारीलाई बेतलबी बिदामा राख्ने

  • Technology Khabar | ७ कार्तिक २०७८, आईतवार
सफ्टवेयर कम्पनी एडोबले खोप नलगाउने कर्मचारीलाई बेतलबी बिदामा राख्ने

काठमाडौं ।

सफ्टवेयर कम्पनी एडोबले शुक्रबार अमेरिकी कर्मचारीहरूलाई डिसेम्बर ८ सम्ममा कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने वा उनीहरूलाई बेतलबी बिदामा राखिने बताएको छ।

कर्मचारीहरूलाई पठाईएको इमेलमा, एडोबले यो नीति संघीय ठेकेदारहरूलाई सबै कर्मचारीहरूलाई खोप लगाउन राष्ट्रपति बाइडेनको कार्यकारी आदेशको कारणले गरिएको बताएको सिएनबीसीले उल्लेख गरेको छ।

एडोबका चीफ पिपल अफिसर ग्लोरिया चेनले पठाएको इमेलले कम्पनीको आन्तरिक सर्वेक्षणमा प्रतिक्रिया दिने ९३.५ प्रतिशत अमेरिकी कर्मचारीहरूले पहिले नै उनीहरूलाई पूर्ण रूपमा खोप लगाइएको वा उनीहरू खोपहरूको श्रृंखलाबाट गुज्रिरहेको बताएको स्पष्ट पारेको छ।

एडोब भ्याक्सिन पाउन नसक्ने कर्मचारीहरुको लागी धार्मिक र चिकित्सा छुटमा विचार गर्ने चेनले बताए।

एडोबका प्रवक्ताले सीएनबीसीमा चेनको इमेलको सामग्री पुष्टि गरे।

यो नीति यसअघिको अर्को टेक कम्पनी आईबीएमको जस्तै देखिएको छ, जसले अमेरिकी कर्मचारीहरुलाई यो महिना उनीहरुले खोप लगाउनु पर्छ वा बाइडेनको कार्यकारी आदेशको कारणले तलबी बिदामा जानुपर्नेछ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Nepal’s National Robotics teams depart for Geneva 

  • Technology Khabar
  • ७ कार्तिक २०७८, आईतवार