ट्विटरमा दक्षिणपन्थी ट्वीट्सलाई अधिक प्राथमिकता, कारण पत्ता लगाउन कोशिश गर्दै कम्पनी

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार
ट्विटरमा दक्षिणपन्थी ट्वीट्सलाई अधिक प्राथमिकता, कारण पत्ता लगाउन कोशिश गर्दै कम्पनी

काठमाडौं ।

ट्विटरको एल्गोरिदमले दक्षिणपन्थी पार्टीहरूका ट्वीटहरूलाई बढी प्राथमिकता दिने गरेको जानकारी एक अनुसन्धानबाट बाहिर आएको छ।

अनुसन्धान टोलीले ट्विटरको एल्गोरिदमको अध्ययन गरेको थियो, जसले ट्विटरले आफ्ना प्रयोगकर्ताहरूलाई दक्षिणपन्थी पार्टीहरूका ट्वीटहरूलाई बढी प्राथमिकता दिन्छ भन्ने पत्ता लगाएको छ।

कम्पनीले विश्वका सात देश क्यानडा, फ्रान्स, जर्मनी, जापान, स्पेन, बेलायत र अमेरिकामा यो अध्ययन गरेको हो। १ अप्रिल २०२० देखि १५ अगस्टसम्म यी देशका राजनैतिक दलहरुद्वारा ट्विटरमा साझा गरिएका सामग्रीहरुको छानबिन भएको थियो। यसमा, ट्विटरको एल्गोरिदमद्वारा कुन-कुन ट्विटहरू बढी प्रचारित भइरहेका छन् भन्ने कुरा पत्ता लाग्यो।

अध्ययनले पत्ता लगायो कि मुख्यधाराको दक्षिणपन्थी पार्टीहरुबाट गरिएको ट्वीटले वामपन्थी विचारधाराहरुको तुलनामा अधिक प्राथमिकता प्राप्त गरीरहेको छ।

ट्विटर मेटा टीमका निर्देशक रुम्मन चौधरीले बताएअनुसार यो थाहा भएको छ कि ट्विटरको एल्गोरिदमले वामपन्थी पार्टीहरु भन्दा धेरै दक्षिणपन्थी वैचारिकहरुको ट्वीटहरुलाई अगाडी सार्ने गरेको छ।

अर्को ट्वीटमा चौधरीले भने, “ट्विटर एक सामाजिक-प्राविधिक प्रणाली हो … के भइरहेको छ त्यसको लागि हाम्रा एल्गोहरू जिम्मेवार छन्। अब मूल कारणको विश्लेषण गरौं, यो मोडेल अप्रत्याशित रूपमा पक्षपाती छ? वा यो संसारमा भएका घटनाहरूको बारेमा मानिसहरूको ट्वीटको आधारमा काम गरिरहेको छ? वा यसको पछाडि दुबै कारण हुन सक्छ।”

तर यसको समाधानको बारेमा भने बताईएको छैन् र यसको कारण खोजिरहेका छन्।

यद्यपि, ट्विटरको एल्गोरिदममाथि प्रश्न उठेको यो पहिलो पटक भने होइन। यसअघि अप्रिलमा भएको एक अध्ययनले पनि ट्विटरले काला मानिसको तुलनामा सेतो र जवान अनुहारलाई बढी प्राथमिकता दिने गरेको खुलासा गरेको थियो।

त्यसबेलाको अनुसन्धानले देखाएअनुसार जब एक तस्वीरमा दुई अनुहार हुन्छन्, त्यसबेला ट्विटरले पूर्वावलोकनको लागी त्यो चित्र छान्छ जुन दुबैमध्ये अपेक्षाकृत गोरो छ।

यसपछि ट्विटरले आफ्नो नीति परिवर्तन गरेको थियो र प्रयोगकर्ताहरूले आफ्नो तस्विर आफै सम्पादन गर्दा राम्रो हुने बताएको थियो। एजेन्सी

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार