काठमाडौं ।
अमेरिकी ट्याक्सी हेलिंग एप ‘लिफ्ट’ले पहिलो पटक आफ्नो सेवामा हुने यौन दुर्व्यवहारका घटनाहरुको बारेमा जानकारी सार्वजनिक गरेको छ।
कम्पनीले सन् २०१७ देखि २०१९ को बीच फर्मलाई ४,१५८ यौन दुर्व्यवहारका घटनाहरु रिपोर्ट गरिएको बताएको छ। जसमध्ये ३६० वटा घट्नाहरु बलत्कारका भएको उल्लेख छ।
यसका साथै आफ्नो पहिलो सुरक्षा रिपोर्टमा, लिफ्ट (Lyft) ले सो अवधिभर मोटर वाहनबाट भएको मृत्यु र घातक शारीरिक हमलाको संख्याको विस्तृत बिबरण दिएको छ।
लिफ्टले ९९ प्रतिशत भन्दा बढी यात्राहरु कुनै रिपोर्ट गरिएको सुरक्षा घटना बिना नै भएको बताएको बीबीसीले उल्लेख गरेको छ।
तर यो भनिएको छ: “प्रत्येक संख्याको पछाडि, त्यहाँ एक व्यक्ति छ जसले त्यो घटनाको अनुभव गरेको छ। सरल शब्दमा भन्दा, यी घटनाहरु मध्ये एक घट्ना नै धेरै हो।
“यही कारण जसले यात्रु र चालकहरुको सुरक्षालाई निरन्तर सुधार गर्न हाम्रो अथक कामलाई संचालन गर्छ,” कम्पनीले भन्यो।
लिफ्ट, यसको ठूलो अमेरिकी प्रतिद्वन्द्वी उबरका साथ सन् २०१८ मा नै गम्भीर सुरक्षा घटनाहरु र दुर्व्यवहारको बारेमा डाटा जारी गर्ने वाचा गरेको थियो।
त्यसको अर्को वर्ष, उबरले २०१७ र २०१८ को बीच यात्री र चालकहरु संलग्न यौन दुर्व्यवहारको ५९८१ रिपोर्टको खुलासा गरेको थियो।
तर लिफ्टले अहिलेसम्म तथ्यांक प्रकाशित गर्न असफल भएको थियो।
लिफ्टले कथित यौन दुर्व्यवहारको लागी यात्रुहरुबाट धेरै अमेरिकी मुद्दाहरुको सामना गरीरहेको छ र पहिलो ट्रायल २०२२ मा हुने तय भएको छ।
प्रकाशित: ६ कार्तिक २०७८, शनिबार