ह्वावे टेक्नोलोजीज इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्रान्ड्सको सूचीमा पर्ने एक मात्र चिनियाँ कम्पनी

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार
ह्वावे टेक्नोलोजीज इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्रान्ड्सको सूचीमा पर्ने एक मात्र चिनियाँ कम्पनी

काठमाडौं ।

चिनियाँ टेक कम्पनी ह्वावे टेक्नोलोजीज इन्टरब्राण्डको बेस्ट ग्लोबल ब्रान्ड्सको सूचीमा पर्न सफल भएको छ। ह्वावे चीनबाट इन्टरब्राण्डको उत्कृष्ट ब्राण्डहरुमा पर्ने एक मात्र कम्पनी हो।

सो सूचीमा ह्वावे टेक्नोलोजीज ८५ औं स्थानमा रहन सफल भएको छ।

इन्टरब्राण्डकाअनुसार कम्पनीको ब्राण्ड भ्यालू गत वर्षको तुलनामा यो वर्ष करिब २ प्रतिशतले खस्किएको छ।

कम्पनीको यो वर्षको ब्राण्ड मूल्य ६.१९ अर्ब डलर रहेको उल्लेख छ।

ह्वावेले विश्वभर टेलिकम्युनिकेसनका लागि उपकरणहरुका साथसाथै मोबाइल फोन, सफ्टवेयरलगायत उत्पादन गर्दै आएको छ।

नेपालमा समेत कम्पनीले विभिन्न उपकरणहरु तथा सेवाहरु उपलब्ध गराउँदै आएको छ । ह्वावेले हालै मात्र नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ।

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...