रियलमीका माधव शेठ अब अन्तर्राष्ट्रिय व्यापार इकाईको अध्यक्षमा पदोन्नती

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार

काठमाडौं ।

चिनियाँ मोबाइल ब्राण्ड रियलमीका उपाध्यक्ष तथा भारत, यूरोप, र ल्याटिन अमेरिकामा ब्रान्डको प्रमुख रहेका माधव शेठलाई थप जिम्मेबारी कम्पनीले दिएको छ।

भारतीय मुलका उनी अब रियलमीको अन्तर्राष्ट्रिय व्यापार इकाईको अध्यक्ष भएका छन् । सो डिभिजन विशेष गरी राम्रो उत्पादन र सेवाहरु प्रदान गर्न विदेशी व्यवसायहरुलाई सुव्यवस्थित र एकीकृत गर्नको लागी बनाईएको हो।

शेठ रियलमीको विदेशी व्यापार संचालनको लागी जिम्मेवार हुनेछन्। उनले सो पदमा रहेर कम्पनीका संस्थापक तथा सीईओ स्काई लीलाई रिपोर्ट गर्नेछन्।

माधवले विगतमा रियलमीको विदेशी व्यापारको विकासमा जबरदस्त योगदान दिएका छन्, र हामी पूर्ण विश्वास गर्दछौं कि भविष्यमा माधवले रियलमीलाई नयाँ सफलताहरु लाई नेतृत्व गर्न र रियलमीका उत्पादनहरु लाई लीप-फरवार्ड टेक्नोलोजीहरु र ट्रेण्ड-सेटिङ्ग डिजाइनसंग युवाहरुलाई ल्याउन नेतृत्व गर्नेछन्,” लीले टिप्पणी गरे।

उनी २०१८ मा यसको स्थापनासँगै ब्राण्डको हिस्सा रहँदै आएका छन् र उनको कार्यकालअन्तरगत उनले भारतीय र युरोपेली टीमहरुलाई बजारमा उपस्थित गराउन र वृद्धिका लागि लगातार नेतृत्व गर्दै आएका छन्।

शेठले नेपाली बजारलाई समेत हेरिरहेका छन्। शेठ यसअघि साउन महिनामा नेपाली बजारमा रियलमीको आधिकारीक उपस्थितीको घोषणा गर्न नेपाल आएका थिए । त्यसबेला उनले नेपाली बजारमा आक्रामक बिस्तार गर्ने बताएका थिए।

कम्पनीले उनको नयाँ बढुवा भएसँगै पुरानो पद के हुनेछ भन्ने जानकारी दिएको छैन् ।

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया