हार्मोनीओएसका प्रयोगकर्ता बढ्दै, १५ करोडको आँकडा पार

  • Technology Khabar | ६ कार्तिक २०७८, शनिबार

काठमाडौं ।

चिनियाँ निर्माण जायन्ट ह्वावेको आफ्नै अपरेटिङ सिस्टम हार्मोनीओएस इन्स्टलको आँकडा १५ करोड नाघेको छ।

कम्पनीले यो अपरेटिङ सिस्टमा लाखाैं ह्वावे तथा अनर डिभाइसहरुका लागि जारी गरेको हो।

२०२१ ह्वावे डेभलपर कन्फ्रेन्समा कम्पनीका कन्जुमर बिजनेसका सीईओले हालसम्म यो अपरेटिसङ सिस्टम इन्स्टल गर्नेको सङ्ख्या १५ करोड नाघेको जनाएका हुन्।

यति छोटो समयमा यो सङ्ख्यामा इन्सटल भएपछि हार्मोनीओएस इतिहासमै सबैभन्दा छिटो इन्स्टल गरिएको अपरेटिङ सिस्टमका रुपमा चिनिएको छ।

हार्मोनीओएस २ गत जुन २ मा भएको हार्मोनीओएस इभेन्टमा सार्वजनिक गरिएको थियो। यो सिस्टमको आधिकारिक रिलिजपछि कम्पनीले थुप्रै डिभाइसहरुका लागि अपडेट पनि जारी गर्दै आएको छ।

हालसम्म अति पुराना ह्वावे तथा अनरका स्मार्टफोन तथा ट्याब्लेटमा यो अपडेट उपलब्ध भएको छ।

वर्तमानमा ४ सयभन्दा बढी  एप्लिकेशन तथा सेवा साझेदारहरु, १७ सयभन्दा बढी हार्डवयर साझेदार तथा १३ लाख भन्दा बढी डेभलपरहरुले हार्मोनीको समुदाय बनाउन सहयोग गरेका र संयुक्त रुपमा विश्वकै सबैभन्दा ठूलो ‘इन्टरकनेक्टेड अल-सिनारियो स्मार्ट इकोलोजी’ निर्माण गरेको कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार

हार्मोनीओएस १२ करोड डिभाइसमा, इन्टर्नल बिटा २ पी१० का लागि उपलब्ध

ह्वावेको अपरेटिङ्ग सिस्टमको अर्को संस्करण हार्मोनीओएस ३.० आउन लागेको खुलासा

हार्मोनीओएस २.० अपडेट भएका डिभाइसको सङ्ख्या १० करोड पुग्यो

प्रकाशित: ६ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया