इन्टरब्रान्डको बेस्ट ग्लोबल ब्रान्ड्सको सूचीमा सामसङ पाँचाैं नम्बरमा, पहिलो स्थानमा एप्पल

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङ इन्टरब्रान्डको बेस्ट ग्लोबल ब्रान्ड्सको सूचीमा पाँचौं नम्बरमा परेको छ।

बजार अनुसन्धान संस्था फ्युचरब्रान्डले यसअघि सामसङ उपभोक्ता माझ चर्चित हुँदै गइरहेको बताएको थियो।

फ्युचरब्रान्डको प्रतिस्पर्धी संस्था इन्टरब्रान्डले पनि ब्रान्ड भ्यालुका हिसाबले सामसङ इलेक्ट्रोनिक्स विश्वकै उत्कृष्ट ब्रान्डहरुमा पर्ने उल्लेख गरेको छ।

कम्पनीको ब्राण्ड मूल्य २० प्रतिशतले बढेर ७४.६ अर्ब डलर पुगेको बताईएको छ । जसले गर्दा सामसङ पाँचौं नम्बरमा पर्न सफल भएको हो ।

सो सूचीमा चौथो नम्बरमा टेक कम्पनी गुगल छ भने तेस्रोमा सफ्टवेयर कम्पनी माइक्रोसफ्ट र दोस्रो स्थानमा ईकमर्श जायन्ट अमेजन रहेको छ ।

सूचीको पहिलो स्थानमा यसअघि जस्तै आईफोन निर्माता कम्पनी एप्पल रहेको छ। कम्पनीको ब्राण्ड मूल्य ४०८.२५ अर्ब डलर रहेको उल्लेख छ ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार