प्लेटफर्ममा समाचार शेयर बापत फेसबुकले फ्रान्सका प्रकाशकहरुलाई रकम तिर्न सहमत

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
प्लेटफर्ममा समाचार शेयर बापत फेसबुकले फ्रान्सका प्रकाशकहरुलाई रकम तिर्न सहमत

काठमाडौं ।

फेसबुकले आफ्नो प्लेटफर्ममा फ्रान्सेली प्रकाशकहरुको सामग्री पुनः शेयर गर्न रकम तिर्ने बहुवर्षीय सम्झौता गरेको छ।

सामाजिक सञ्जाल जायन्टले राष्ट्रिय र क्षेत्रीय अखबारहरुको गठबन्धनसंग इजाजतपत्र सम्झौताको अर्थ स्पष्ट पार्दै भनेको छ, “फेसबुकमा मानिसहरुले आफ्नो समुदायहरुमा स्वतन्त्र रूपबाट समाचारहरु अपलोड र साझा गर्न सक्षम हुनेछन्, जबकि हाम्रो प्रकाशन साझेदारहरुको प्रतिलिपि अधिकार सुरक्षित छ।”

फेसबुकले फ्रान्समा सो सम्झौताअन्तरगत एलाइन्सका साथ गरिएको व्यवस्थाको लागी कति तिर्नेछ भन्ने जानकारी दिन अस्वीकार गरेको छ। तर एउटा ब्लग पोस्टमा सम्झौताको बारेमा लेखिएको छ: “रचनात्मक वार्ता पछि, यो समाधानले समाचार उद्योगमा हाम्रो लगानीलाई अगाडि बढाउनेछ, र फेसबुकमा मानिसहरु र प्रकाशकहरु दुबैको लागी समाचार अनुभवलाई सुदृढ पार्नेछ।”

फेसबुकले आगामी तीन बर्षहरुमा कम्तिमा एक अर्ब डलरको लगानी मिडिया कम्पनीहरुका लागि गर्ने बताएको छ तर यो लगानी फ्रान्स मात्र नभई सामूहिक रुपमा विश्वभरका लागि हो।

ईयूले २०१९ मा डिजिटल प्रतिलिपि अधिकार नियमहरुलाई सुधार गर्नको लागी अपडेट गरीएको थियो । फ्रान्स ईयूको डिजिटल प्रतिलिपि अधिकार सुधारलाई राष्ट्रिय कानूनमा स्थानान्तरण अग्रणी रहेको छ तर संशोधित नियमहरु ब्लक भर लागू गर्नको लागी तय गरीएको छ। त्यसैले फेसबुक जस्तै अन्य कम्पनीहरुलाई क्षेत्र कभर गर्न धेरै सम्झौता गर्न आवश्यक छ।

यसअघि अर्को टेक जायन्ट गुगलले फ्रान्समा समाचार प्रकाशकहरुसँग यस वर्षको शुरुवातमा नै सम्झौता गरीसकेको छ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार