भिभोका फोनहरुमा एन्ड्रोइड १२ को अपडेट आउँदै, कुन फोनले पाउँछ अपडेट हेर्नुस् सूची

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार

काठमाडौं ।

भिभोले अर्को महिनाबाट आफ्नो स्मार्टफोन प्रयोगकर्ताहरुको लागी एन्ड्रोइड १२ को अपडेट जारी गर्ने भएको छ।

यो अपडेट एक्स, भी, वाई र एस सिरिजका स्मार्टफोनहरुमा दिइनेछ। कम्पनीको पछिल्लो स्मार्टफोन एक्स७० प्रो प्लसलाई सबैभन्दा पहिले अपडेट प्राप्त हुनेछ।

कम्पनीको दाबीअनुसार यो फोन नोभेम्बरमा अपडेट हुनेछ। यस पछि, अपडेट अप्रिलसम्म बिभिन्न मोडेलहरुमा उपलब्ध रहनेछ। एन्ड्रोइड १२ अपडेट कम्पनीको फनटच ओएस बीटा भर्सनको साथ उपलब्ध हुनेछ।

नेपाली प्रयोगकर्ताहरुले पनि यो अपडेट प्राप्त गर्नेछन् । तर यो सुबिधा ग्लोबल अपडेट उपलब्ध भएसँगै हुनेछ।

फोन अपडेट प्रक्रिया

गुगलको नवीनतम एन्ड्रोइड १२ अपरेटिङ्ग सिस्टमको अपडेटको नोटिफिकेसन तपाइँको स्मार्टफोनमा आउनेछ। त्यसपछि तपाइँ यसलाई वाईफाई वा मोबाइल नेटवर्कको मद्दतबाट अपडेट गर्न सक्षम हुनुहुनेछ।

यदि नोटिफिकेसन प्राप्त भएको छैन भने तपाइँ सेटिंग्स भित्र Settings => About phone => System updates मा अपडेटका लागि जानु पर्छ। तपाइँ यहाँ अपडेटमा ट्याप गरेर फोन अपडेट गर्न सक्षम हुनुहुनेछ।

जब तपाइँ फोन अपडेट गर्नुहुन्छ, पक्का गर्नुहोस् कि ब्याट्री ५० प्रतिशत भन्दा माथि चार्ज भएको होस् । अपडेट प्रक्रियाको दौरान फोनका कुनै पनि बटन वा अन्य कुराहरु नचलाउनुहोस् ।

यी मोडलहरुले पाउनेछन नयाँ अपडेट

  • नोभेम्वर २०२१: X70 Pro+
  • डिसेम्बर २०२१: X60 Pro+, X60 Pro, X60, V21 & Y72 5G
  • जनवरी २०२२: X70 Pro, V21e, V20 2021, V20, Y21, Y51A & Y31
  • मार्च २०२२: X50 Pro, X50, V20 Pro, V20 SE, Y33s, Y20G, Y53s & Y12s
  • अप्रिल २०२२: V17 Pro, V17, S1 Pro, Y73, Y51, Y20, Y20i, Y30, S1 & Y19

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार