फेसबुकको क्रिप्टो वालेटको विश्वास गर्न नसकिने भन्दै तत्काल बन्द गर्न अमेरिकी सिनेटरहरुको आग्रह

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
फेसबुकको क्रिप्टो वालेटको विश्वास गर्न नसकिने भन्दै तत्काल बन्द गर्न अमेरिकी सिनेटरहरुको आग्रह

काठमाडौं ।

फेसबुकले हालै आफ्नो बहुप्रतीक्षित डिजिटल वालेटको डाइमको पाइलट प्रोग्राम नोभी परीक्षणका लागि अमेरिका र ग्वाटेमालामा सार्वजनिक गरेको छ।

नोभी फेसबुकको डिजिटल वालेट सेवा हो जसमार्फत् यूजरले बिना अतिरिक्त शुल्क अन्तरराष्ट्रिय स्तरमा तुरुन्तै रकम ट्रान्सफ गर्न सक्दछन्।

यस वालेटमार्फत् समुद्रपारबाट रेमिटेन्स पठाउन र पाउनमा सहज होस् भन्ने फेसबुकको उद्देश्य रहेको र यसका लागि स्टेबलक्वाइन प्याक्स डलर अर्थात् यूएसडीपीको प्रयोग गर्दछ।

तर यो डिजिटल वालेट सार्वजनिक भएको केही घण्टामा नै अमेरिकी सिनेटरहरुले नोभीलाई तत्काल बन्द गर्नुपर्ने भन्दै अब उप्रान्त यस्ता सेवाहरु नल्याउन पनि ध्यानाकर्षण गराएका छन्।

यसरी काम गर्छ नोभीले

नोभीले यूजरलाई कुनै शुल्क नलिइ तुरुन्तै रकम पठाउने र पाउने सुविधा प्रदान गर्दछ। यसका लागि यूएसडीपीको उपयोग गरिन्छ।

यूएसडीपीले पनि बजारमा उपलब्ध अन्य क्रिप्टोकरेन्सी टोकनले झैं काम गर्छ। यसलाई न्यूयोर्कमा रहेको एउटा वित्त सेवा कम्पनीले सञ्चालन गरेको हो।

साथै यसलाई न्यूयोर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सिले नियमन गर्ने गर्छ।

सम्बन्धित समाचार

फेसबुकद्वारा क्रिप्टोकरेन्सी वालेट ‘नोभी’ को परीक्षणका लागि पाइलट टोली गठन

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...