भारतीय सोसल मिडिया लोकललाई टेन्सेन्टको साथ

  • Technology Khabar | ५ कार्तिक २०७८, शुक्रबार
भारतीय सोसल मिडिया लोकललाई टेन्सेन्टको साथ

काठमाडौं ।

भारतीय स्थानीय सामाजिक सञ्जाल लोकलले नयाँ चरणको फाइनान्सिङ अन्तर्गत १ करोड २० ला डलर संकलन गरेको छ। यो संकलनको नेतृत्व चिनियाँ इन्टरनेट जायन्ट टेन्सेन्टले गरेको बताइएको छ।

हालका लगानीकर्ता ३वन४ क्यापिटल, वाई कम्बिनेटर र इन्डिया क्वशन्टले पनि बेंग्लोरमा रहेको उक्त स्टार्टअपको सिरिज ए मा सहभागिता जनाएको बुझिएको छ।

टेन्सेन्ट तथा लोकलले भने यसबारेमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

यो सामाजिक सञ्जालमा ४० करोड गैर अंग्रेजीभाषी भारतीयहरु जोडिएको अनुमान गरिएको छ।

टेकक्रन्चका अनुसार उनीहरुका लागि इन्टरनेटको सुविधा धेरै कम रहेको र इन्टरनेटमा आधारित धेरै संस्थाहरुले यी यूजरहरुका लागि यस्ता सञ्जालहरु बनाइएका छैनन्।

लोकलले यस्तै खाले यूजरहरुका लागि विभिन्न सेवा सुविधाहरु प्रदान गर्ने प्रयासमा लागेको बुझिएको छ। यसको सोसल मिडिया एपले गैर अंग्रेजीभाषी यूजरलाई एक अर्कासँग कनेक्ट भएर कुराकानी गर्न मद्दत गर्ने बताइएको छ।

यस एपमार्फत् यूजरले आफ्ना क्षेत्रमा काम खोज्न सक्ने साथै घरजग्गासहित विभिन्न चिजबिजहरुको मूल्य, बिहेवारीसम्बन्धी जानकारी आदि प्राप्त गर्न सक्नेछन्।

उक्त स्टार्टअपले आफ्नो एप १ करोडभन्दा बढी डाउनलोड भएको आफ्नो वेबसाइटमार्फत  जानकारी गराएको छ भने यो एप दक्षिण भारतमा निकै लोकप्रिय रहेको छ।

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार