
काठमाडौं ।
विन्डोज ११ बिटा भर्सन परीक्षण गरिरहेकाहरुले अब एन्ड्रोइड एपहरु माइक्रोसफ्ट स्टोरबाट इन्स्टल गर्न सक्ने भएका छन्।
यो सुविधा माइक्रोसफ्टले विन्डोज ११ ले एन्ड्रोइड एप सपोर्ट गर्ने वाचा गरेको केही महिनापछि शुरु भएको हो।
विन्डोज ११ का बिटा टेस्टरहरुले एएमडी, इन्टेल तथा क्वालकममा आधारित कम्प्युटरहरुमा एन्ड्रोइड एपहरु परीक्षण गर्न सक्नेछन्। माइक्रोसफ्टले विनडोवज ११ मा एन्ड्रोइड एप तथा गेमहरु चलाउने अनुभव परिचित हिसाबको नै हुने दावी गरेको छ।
कम्पनीका अनुसार यूजरले गेम खेल्दै साथमा नयाँ स्न्याप लेआउट फिचरको प्रयोग गर्न तथा तिनीहरुलाई स्टार्म मेनुमा पिन पनि गर्न सक्ने बताएको छ।
यसबाहेक एन्ड्रोइड एपहरु अल्ट+ट्याबमा पनि एकीकृत गरिएका हुनाले शर्टकट बटन बाटै एउटा एपबाट अर्कोमा आउजाउ गर्न सकिनेछ।
यसअघि माइक्रोसफ्टले विन्डोज इन्साइडर प्रोग्राम अन्तर्गत विन्डोज ११ मा बिटा टेस्टरहरुका लागि ५० ओटा एपहरु उपलब्ध गराएको थियो।
ती एपहरुमा लर्ड्स मोबाइल, जुन्स जर्नी तथा क्वाइन मास्टर जस्ता गेमहरुका साथै किन्डल खान एकेडेमी किड्स र लेगो डुप्लो वर्ल्डजस्ता एप्लिकेशनहरु रहेका थिए।
हाल विन्डोज ११ बिटा टेस्टरका लागि उपलब्ध एपहरु साढ ३ करोड एपहरु भएको गुगल प्लेस्टोरका दाँजोमा केही होइन।
तर अमेजन एपस्टोरले विन्डोज ११ मा एन्ड्रोइड एप सपोर्टलाई इनेबल गर्नका लागि पुलको काम गर्ने बताइएको छ।
प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार