नवप्रवर्तनको क्षेत्रमा नेपालको अवस्था खस्कियो, ग्लोबल इनोभेसन इन्डेक्समा १११ औं स्थानमा झर्यो

  • Technology Khabar | ४ कार्तिक २०७८, बिहीबार
नवप्रवर्तनको क्षेत्रमा नेपालको अवस्था खस्कियो, ग्लोबल इनोभेसन इन्डेक्समा १११ औं स्थानमा झर्यो

काठमाडौं ।

ग्लोबल इनोभेसन इन्डेक्समा नेपालको स्थान यो वर्ष खस्किएको छ । सेप्टेम्बरमा जारी भएको सन् २०२१ को प्रतिवेदनले नेपालको ग्लोबल इनोभेसन इन्डेक्समा व्यापक कमी आएको उल्लेख छ।

सन् २०२१ मा वर्ल्ड इन्टेलेक्च्युल प्रोपटी अर्गनाइजेसनले निकालेको नयाँ रिपोर्ट अनुसार नेपाल १११ औं स्थानमा खस्किएको हो। नेपालको अवस्था १६ स्थान तल झरेको छ।

ग्लोबल इनोभेसन इन्डेक्स (विश्व नवप्रवर्तक सूचाकाङ्क) २०२१ को प्रतिवेदनअनुसार नेपाल १११ औं स्थानमा झरेको छ। यसअघि सन् २०२० मा नेपालले उल्लेख्य सुधार गरेर ९५ औं स्थानमा पुगेको थियो। तर पछिल्लो कोभिड महामारीले नेपालको नवप्रवर्तको क्षेत्रमा असर पारेसँगै सूचीमा तल झरेको हो। नेपाल सन् २०१९ मा १०७ औं स्थानमा थियो।

सूचीमा नेपाल दक्षिण एशियाली मुलुकहरुमध्ये बंगलादेश भन्दा मात्र माथि रहेको छ।

यो सूचीले विभिन्न मुलुकहरुमा रहेका स्टार्टअप र नवप्रवर्तनको अवस्था र वातावरणलाई अध्ययन गरेर सार्वजनिक गर्दछ।

संयुक्त राष्ट्रसंघ अन्तरगत रहेको वर्ल्ड इन्टलेक्च्युल प्रोपटी अर्गनाइजेसनले अमेरिकाको कोर्नेल विश्विविद्यालयसँगको सहकार्यमा प्रत्येक वर्ष सेप्टेम्बरमा जीआईई इन्डेक्स सार्वजनिक गर्दै आएको छ।

जिआईई इन्डेक्समा सन् २०२१ मा पनि स्वीजरल्याण्ड पहिलो स्थानमा रहेको छ।यसअघिको वर्षमा पनि यो देश पहिलो भएको थियो । दोस्रो स्थानमा स्वीडेन र तेस्रो स्थानमा अमेरिका रहेको छ।

सूचीमा सार्क मुलुकहरुमध्ये भारत ४६ औं स्थानमा छ भने श्रीलंका ९५ औं, पाकिस्तान ९९ औं तथा बंगलादेश ११६ औं स्थानमा रहेका छन्।

तर नेपाल सूचीमा विकास र आयको आधारमा अनुमान गरेको भन्दा नवप्रवर्तनको सूचीमा माथिल्लो स्थानमा रहेको उल्लेख छ। नेपालले इन्स्टिच्यूचनमा सबैभन्दा धेरै अंक हासिल गरेको छ भने ज्ञान तथा प्रविधि हासिलमा भने सबैभन्दा न्यून अंक पाएको छ।

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार