विश्वभर ठूलो साइजको एलसीडी प्यानलको बिक्री आउँदो ५ वर्षमा ०.६९ प्रतिशतले बढ्ने

  • Technology Khabar | ४ कार्तिक २०७८, बिहीबार
विश्वभर ठूलो साइजको एलसीडी प्यानलको बिक्री आउँदो ५ वर्षमा ०.६९ प्रतिशतले बढ्ने

काठमाडौं ।

डिजिटाइम्सको एक रिपोर्ट अनुसार विश्वभरमा ९ इन्चमाथिका एलसीडी प्यानलको बिक्री सङ्ख्या आगामी पाँच वर्षमा ९१ करोड ८० लाख थान पुग्नेछ।

यो वर्ष अर्थात् सन् २०२१ मा ८ करोड ८७ लाख थान बिक्री भएका ती प्यानलहरु २०२६ मा उक्त परिमाणमा बिक्री हुँदा समग्र वृद्धि दर ०.६९ प्रतिशत रहने बताइएको छ।

यस्तो ठूलो आकारको एलसीडी प्यानल विशेषगरी टीभी, नोटबुक डेस्कटप मनिटर ट्याब्लेट तथा इन्टरएक्टिभ ह्वाइट बोर्ड र अटोमेटिभ डिस्प्लेहरुमा प्रयोग गरिने डिजिटाइमको रिपोर्टमा उल्लेख छ।

एलसीडी टीभी, नोटबुक, एलसीडी मनिटर तथा ट्याब्लेटको स्क्रीनको औसत आकार बढ्दै गएकाले २०२१-२६ सम्म बिक्री हुने ठूला साइजका एलसीडी प्यानलका समग्र डिस्प्ले एरियाको समग्र वार्षिक वृद्धि दर २ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

जुन २०२० देखि २०२१ जुलाइसम्म एलसीडी प्यानलहरुको मूल्य बढिरहेकाले चीन तथा ताइवानमा रहेका प्यानल निर्माताहरुले आफ्ना उत्पादन क्षमतालाई बढाएका छन् भने दक्षिण कोरियामा रहेका फ्याक्ट्रीहरु भने उत्पादन बन्द गरेका छन्।

परिणामस्वरुप ठूला साइजका एलसीडी उत्पादन क्षमता सन् २०२१ कम वार्षिक रुपमा ८.५ प्रतिशतले तथा २०२२ मा ९.३ प्रतिशतले वृद्धि हुने तथा २०२३ को शुरुवातमा उत्कर्षको नजिक पुग्ने भएकाले थोरै मात्रा वृद्धि हुने रिपोर्टमा उल्लेख छ।

चिनियाँ उत्पादक कम्पनी बीओई टेक्नोलोजी यो अवधि अर्थात् सन् २०२१-२६ मा विश्वमै ठूला आकारका एलसीडी उत्पादनमा २८-२९.३ प्रतिशत हिस्सासहित अग्रणी रहने बताइएको छ।

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...