
काठमाडौं ।
गत वर्षदेखि भारत र चीनबीच लद्दाखमा वास्तविक नियन्त्रण रेखामा चलिरहेको तनावको बीचमा लगभग २२० चिनियाँ एप्स प्रतिबन्धित गरेपछि, भारत सरकारले अब चिनियाँ मोबाइल कम्पनीहरुको स्मार्टफोनमा कडाइ गर्ने भएको छ।
यो रिपोर्ट गरिएको छ कि भारत सरकारले चिनियाँ स्मार्टफोनको भागहरु र पूर्व स्थापित अर्थात प्रि इन्स्टल एपहरुको जाँच गर्ने भएको छ।
द मर्निङ्ग कन्टेक्स्टमा प्रकाशित एक रिपोर्टकाअनुसार, भारत सरकारले चिनियाँ स्मार्टफोन कम्पनीहरुलाई आफ्नो फोनमा प्रयोग हुने कम्पोनेन्ट र डाटाको बारेमा सोधेको छ।
काउन्टर प्वाइन्ट रिसर्चको डाटाअनुसार चिनियाँ स्मार्टफोन कम्पनीहरु भीभो, ओपो, शाओमी र वनप्लसलाई नोटिस दिईएको छ। भारतीय मोबाइल बजारमा यी कम्पनीहरुको ५० प्रतिशत भन्दा बढी बजार हिस्सा छ।यसको अर्थ भारतमा प्रयोग हुने हरेक दोस्रो फोन यी कम्पनीहरुको हो ।
सरकारको यो कदमको उद्देश्य यी कम्पनीहरुको स्मार्टफोन भारतीय उपभोक्ताहरु को लागी सुरक्षित छ कि छैन जान्नको लागी भएको बताईएको छ। चिनियाँ स्मार्टफोनको डाटाको बारेमा प्रारम्भिक जानकारी प्राप्त गरेपछि, भारत सरकारले अर्को नोटिस पठाउने अनुमान गरिएको छ, जसमा यी स्मार्टफोनहरुको जाँचको बारेमा हुनेछ।
त्यसैगरी ईटी रिपोर्टअनुसार नयाँ सूचना भारतमा चिनियाँ कम्पनीहरुको बिरुद्ध एक कारबाहीको हिस्सा हुने अनुमान गरिएको छ। यो ह्वावे र जेडटीई जस्ता चिनियाँ टेलिकम कम्पनीहरुद्वारा प्रयोग गरिने कम्पोनेन्टहरुमा सरकारको अनुसन्धानको अनुरूप हुन सक्छ।
हार्डवेयर मात्र होइन सफ्टवेयर विवरण, विशेष गरी चिनियाँ स्मार्टफोनमा पूर्व स्थापित एपहरु पनि जाँचको घेरामा आउन सक्ने रिपोर्टमा भनिएको छ।
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार