
काठमाडौं ।
चिनियाँ डिस्प्ले निर्माता कम्पनी बीओईले यो वर्षको अन्त्यसम्ममा आईफोन १२ तथा १३ का लागि डेढ करोड थान ओएलईडी डिस्प्ले आपूर्ति गर्ने आकलन गरिएको छ।
यो कम्पनी अझै पनि एप्पलको आपूर्ति श्रृङ्खलामा प्रवेश गर्न संघर्ष गरिरहेको छ।
हालै बाहिरिएका रिपोर्टहरु अनुसार बीओईले आईफोन १२ रिफर्बिश गर्नका लागस ओएलईडी डिस्प्ले आपूर्ति गर्ने भएको हो। यसबाहेक एप्पलले आईफोन १३ का लागि पनि ओएलईडी प्यानल आपूर्तिका लागि प्रस्ताव गरिरहेको बुझिएको छ।
विश्लेषकहरुका अनुसार बीओईले आईफोनका लागि यो वर्ष डेढ करोड ओएलईडी प्यानल आपूर्ति गर्ने भएको छ।
यो आँकडा आईफोनका लागि आवश्यक समग्र ओएलईडी प्यानलको १० प्रतिशत हुनेछ। यो परिमाणको आपूर्तिपछि बीओई एप्पलका लागि सामसङ र एलजीपछिको सर्वाधिक ओएलईडी प्यानल आपूर्तिकर्ता बन्ने बुझिएको छ।
प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार