
काठमाडौं ।
अलीबाबाको हङ्गकङ्गको शेयर बुधवार ९ प्रतिशत जतिले उक्लिएको छ। यसका संस्थापक ज्याक मा यूरोपको यात्रामा गएको र नयाँ चिपको रिलीजको रिपोर्ट पछि शेयर बजारमा सुधार आएको हो।
मंगलवार, हङ्गकङ्ग स्थित प्रकाशन ईस्ट वीकले रिपोर्ट गरेअनुसार मा सप्ताहन्तमा आफ्नो अर्बपति साथीहरु र व्यापार साझेदारहरुका साथ एक जहाजी बिदाको लागी स्पेनको यात्रामा गएका थिए।
उनी करिब १ वर्षपछि चीन बाहिरको भ्रमणमा हिँडेका हुन् ।
अलीबाबाको स्वामित्वमा रहेको साउथ चाइना मर्निङ्ग पोस्टले पछि एउटा लेख प्रकाशित गरेर स्पेनको भ्रमण पर्यावरणीय मुद्दाहरु संग सम्बन्धित एक कृषि र टेक्नोलोजी अध्ययन भएको बताएको थियो।
सार्वजनिक भाषणहरुमा उनले चिनियाँ नियामकहरुको आलोचना गरेपछि गत अक्टोबरपछि मा सार्वजनिकरुपमा देखा पर्न छाडेका थिए भने उनको अवस्थाको बारेमा गहन चर्चाको बिषय बनेको छ।
सोही समयमा माको फिनटेक कम्पनी एन्ट ग्रुपको सेयर निष्कासनलाई नियमनकारीहरुले रोकिदिएका थिए । एजेन्सीहरु
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार