
काठमाडौं ।
अनलाइन कक्षा लिने क्रममा भियतनाममा एक बालकको मोबाइल फोन पड्किएर मृत्यु भएको छ। भियतनामको नेग्ही प्रान्तमा घरबाट अनलाइन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको भिएनएक्सप्रेसले रिपोर्ट गरेको छ।
गत अक्टोबर १४ तारिख साँझ ४ बजे उनले मोबाइल चार्जमा राखेर अनलाइन कक्षा लिईरहेका थिए जसको कारण ब्याट्री तातेको र त्यसपछि विस्फोट भएको अनुमान गरिएको छ।
बिस्फोट लगत्तै बालकको कपडाबाट शरीरमा आगो सल्केको थियो। जलेर गम्भीर घाईते उनलाई उपचारका उनका आमा बुबाले अस्पताल पुर्याएको र उपचारको क्रममा मृत्यु भएको बताईएको छ।
उनको मृत्यु बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले पड्किएको मोबाइल र चार्जर जाँच गर्ने भएको छ। मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै जानकारी लिन पुगेका थिए।
फोन विस्फोट भएको समय ती बालकले ईयरफोन लगाएर अनलाइन कक्षा लिँदै गरेको रिपोर्टमा उल्लेख छ।
प्रकाशित: ३ कार्तिक २०७८, बुधबार