नासाको ओरियन चन्द्र यान रकेटमा जोडिनका लागि तयार

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
नासाको ओरियन चन्द्र यान रकेटमा जोडिनका लागि तयार

काठमाडौं ।

नासाको अर्को पुस्ताको अन्तरिक्ष यान एउटा रकेटसँग जोडिनको लागी तयार छ जुन यो बर्ष वा २०२२ को शुरुमा चन्द्रमामा पठाउनु पर्नेछ।

सोमबार, ओरियन अन्तरिक्ष यान शक्तिशाली अन्तरिक्ष प्रक्षेपण प्रणाली (एसएलएस) रकेटमा लिफ्ट हुनुभन्दा पहिले फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रमा भवनहरुको बीचमा सारिएको थियो।

यसको आगामी उडानको लागी, ओरियनको यान अन्तरिक्ष यात्रीहरु बिना नै चन्द्रमाको वरिपरि उड्नेछ।

ओरियन अन्तरिक्ष यान, यो दशकमा चन्द्रमाको सतहमा मानिसहरुलाई फर्काउने अमेरिकी योजनाको हिस्सा हो।

यो कार्यक्रमलाई आर्टेमिस भनिन्छ जसले अपोलोपछि पृथ्वीको एक मात्र प्राकृतिक उपग्रहमा एक दीर्घकालीन मानव उपस्थिति स्थापित गर्न मद्दत गर्न सक्छ।

आर्टेमिस वान मिशनमा प्रयोग गरीने ओरियन भेहिकललाई केनेडीमा प्रसिद्ध ‘भेहिकल एसेम्बली बिल्डिङ्ग’लाई हस्तान्तरण गरिएको थियो।

यो उही साइटमा भएको अर्को फ्यासिलिटीमा राखिएको थियो, जहाँ ईन्जिनियरहरुद्धारा अन्तरिक्ष यानको लन्च एबोर्ट सिस्टम संलग्न गरीएको थियो । यदि एक चालक दलको प्रक्षेपण को समयमा आपतकालिन भयो भने ओरियन र यसको अन्तरिक्ष यात्रीहरुलाई रकेटबाट टाढा लैजानको लागी डिजाइन गरीएको छ ।

ओरियन ९८ लामो एसएलएस लन्चर अन्तिम की इलिमेन्ट हो, जुन इन्जीनियरहरुले २०२० डिसेम्बरदेखि एसेम्बल गरिरहेका छन र यसैमा अन्तरिक्ष यानलाई माथि उठाईन्छ।

तीन हप्ताको आर्टेमिस -१ मिशनले अन्तरिक्ष यात्रीहरुलाई आर्टेमिस -२ मा सवार हुनु भन्दा पहिले एसएलएस र ओरियनको परीक्षण गर्नेछ, जुन २०२३ को अन्त्यमा चन्द्रमाको वरिपरि घुम्नेछ।

नासाले यसअघि नै चन्द्रमामा मानिसहरु पुर्याउन इलन  मस्कको स्पेसएक्सको यानलाई छनोट गरिसकेको छ।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार