अलीबाबा क्लाउडद्धारा नयाँ प्रविधिमा आधारित आफ्नै सर्भर सार्वजनिक

  • Technology Khabar | ३ कार्तिक २०७८, बुधबार
अलीबाबा क्लाउडद्धारा नयाँ प्रविधिमा आधारित आफ्नै सर्भर सार्वजनिक

काठमाडौं ।

अलीबाबा क्लाउडले आफैंले विकसित गरेको आर्म (Arm)मा आधारित प्रोसेसर डिजाइन यसको डाटा केन्द्रहरुमा प्रयोगको लागी अनावरण गरेको छ। यिटियन ७१० नामक सर्भर चिप्स, अलीबाबा समूहको चिप विकास व्यवसाय, टी-हेडद्वारा कस्टम-निर्मित गरीएको हो, र यसको प्रयोग पानजिउ भनिने स्वामित्व सर्भरहरुमा गरिनेछ।

अलीबाबाले बताएअनुसार ग्राहकहरुलाई “निकट भविष्यमा” नयाँ सर्भरहरुद्वारा संचालित क्लाउड कम्प्युटिङ्ग सेवाहरु प्रदान गर्ने आशामा छ।

उन्नत फाइभ नानोमिटर प्रक्रिया टेक्नोलोजीमा निर्मित, यिटियन ७१० १२८ आर्म कोरद्वारा संचालित ३.२ गीगाहर्ज प्रमुख क्लक स्पीडसंग असाधारण प्रदर्शन र उत्कृष्ट ऊर्जा दक्षता प्रदान गर्नको लागी तयार छ।

प्रत्येक प्रोसेसर चिपमा ६० अर्ब एकीकृत ट्रांजिस्टर छन्। यिटियन ७१० पहिलो आर्म ९ आर्किटेक्चरसंग मिल्दो पहिलो सर्भर प्रोसेसर हो र यो ८ डीडीआर ५ च्यानल र ९६ लेन पिसिआईइ ५.०, उच्च मेमोरी र I/O ब्यान्डविड्थ प्रदान गरीरहेको छ।

अलीबाबाको अनुसार, यिटियन ७१० ले SPECint2017 मा ४४० को स्कोर हासिल गरेको छ । जसले हालको अत्याधुनिक आर्म सर्भर प्रोसेसरको प्रदर्शनमा २० प्रतिशत र ऊर्जा दक्षतामा ५० प्रतिशत थप क्षमता हासिल गरेको छ।

पानजिउ क्लाउड पूर्वाधारको अर्को पुस्ताको लागी विकसित गरीएको थियो।

प्रकाशित: ३ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार