काठमाडौं ।
गुगल पिक्सेल ६ तथा पिक्सेल ६ प्रो आज अर्थात् अक्टोबर १९ तारिख राति नेपाली समयअनुसार पोने ११ बजे हुँदैछ।
सार्वजनिक हुनु केही समयअघि यसका बारेमा केही जानकारी बाहिरिएका छन्। ती जानकारीहरु स्पेसिफिकेशन तथा फिचरका बारेमा रहेको र अमेजन यूकेको सूचीमार्फत् बाहिरिएको बताइएको छ।
विवरण अनुसार पिक्सेल ६ र ६ प्रो दुवैमा गुगलको आफ्नै टेन्सर चिपसेट रहनेछन्। यसबाहेक फोनमा टाइटन एम२ सेक्युरिटी चिप पनि राखिएको छ। पिक्सेल ६ तथा ६ प्रो दुवैले ३० वाट फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ। टिप्सटरले यी दुवै पिक्सेल फोनको मेमोरी तथा कलर अप्शनका बारेमा पनि खुलासा गरेको छ।
यस्तो हुनेछ विशेषता
अमेजन यूकेको पेजका अनुसार पिक्सेल ६ तथा ६ प्रो दुवैमा गुगलको टेन्सर चिप रहेको छ। यसबाहेक फोनको कार्यक्षमता बढाउन केही अप्टिमाइजेशन गरिएको छ जसका कारण पिक्सेल ५ मा रहेको स्न्यापड्रागन ७६५जी प्रोसेसरको तुलनामा यो टेन्सर चिपले ८० प्रतिशत तीव्र काम गर्न सक्ने बताइएको छ।
यसलाइ टाइटन एम२ सेक्युरिटी चिपसँग एकीकृत गरिनेछ। दुवै डिभाइसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा रहनेछ। यिनीहरुले यसअघिका पिक्सेल फोनका तुलनामा १५० प्रतिशत बढी प्रकाश क्याप्चर गर्ने बताइएको छ। यसबाहेक दुवै फोनमा १२ मेगापिक्सेलको अल्ट्रा-वाइड एङ्गल सेन्सर पनि उपलब्ध हुनेछ।
यसबाहेक फोटोमा अनावश्यक कुराहरु हटाउन यसमा म्याजिक इरेजर फिचर पनि दिइको छ। पिक्सेल ६ प्रोमा ६.७ इन्च एलटीपीओ ओएलईडी डिस्प्लेका साथमा १० देखि १२० हर्जसम्मको रिफ्रेश रेट रेन्ज उपलब्ध हुनेछ।
३० वाटको फास्ट चार्जिङ
पिक्सेल ६ मा भने ६.४ इन्चको ओइलईडी डिस्प्ले रहनेछ। दुवैमा आईपी ६८ रेटिङसहितको कर्निङ गोरिल्ला ग्लास प्रोटेक्शन उपलब्ध छ। यसबाहेक दुवैमा ३० वाटको फास्ट चार्जिङ सपोर्ट रहनेछ।
यसमार्फत् इन्टरनेटको प्रयोगबिना नै ५५ भाषाको अनुवाद गर्न सकिनेछ। दुवै फोन एन्ड्रोइड १२ मा आधारित छन् भने यिनिहरुमा गुगलका अद्वितीय फिचरहरु उपलब्ध हुनेछ।
मूल्य
पिक्सेल ६ को शुरुवाती मूल्य ८४९ पाउन्ड तथा पिक्सेल ६ प्रो को भने १,०९९ डलर रहने बुझिएको छ। पिक्सेल ६ हल्का पहेँलो र कालो दुई रंगमा उपलब्ध हुनेछ भने ६ प्रो क्लाउडी ह्वाइट, सनी तथा स्टर्मी ब्ल्याक गरी ३ रंगमा उपलब्ध हुनेछ।
प्रकाशित: २ कार्तिक २०७८, मंगलवार