नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं ।

रामेछाप जिल्ला लिखुतामाकोसी गाँउपालिका ६ नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेडको सहकार्यमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका बन, बाताबरण तथा उद्योग मन्त्री शान्ती प्रसाद पौडेलले गरेका थिए । मन्त्री पौडेलले आर्थिक विकासको लागि सरकार र बैकिङ्ग क्षेत्रको सहकार्यको अनिवार्य आवश्यकता रहेको र यसको लागि सरकार सधैं तयार रहेको कुरा बताए।

त्यसैगरि कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले ग्राहक महानुभावहरुले बैंक प्रति देखाएको अपार विश्वास प्रति कृतज्ञता प्रकट गर्दै नेपालको पहिलो बैकको रुपमा रहेको नेपाल बैकले ग्राहकको चाहना अनुसार प्रतिस्पर्धी मुल्यमा गुणस्तरिय बैकिङ्ग सेवा उपलब्ध गराएको व्यहोरा जानकारी गराउदै बैकवाट लाभान्वित हुन सम्पुर्णमा आग्रह गरे।

बैकिङ्ग ज्ञान अभिबृदि गर्न, बचत प्रोत्साहन गर्न, पूँजी निर्माण गरि उद्यमशिलता बृद्धि गर्ने साथै पछिल्लो समयमा कोभिड–१९ को महामारीको समयमा डिजिटल बैकिङ्ग प्रति ग्राहक महानुभावहरुले देखाएको आर्कषणको साथै डिजिटल बैकिङ्गका फाईदा तथा चुनौतीहरुको बारेमा कार्यक्रमका प्रशिक्षकहरुले प्रकाश पारेका थिए।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...