५ मिनेटमा १० करोड युआन बराबरको वनप्लस ९आरटी स्मार्टफोन बिक्री

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले ५ मिनटमा १० करोड युआन बराबरको ९आरटी स्मार्टफोन बिक्री गर्न सफल भएको छ।

वनप्लसले अघिल्लो हप्तामात्र चीनमा एउटा सार्वजनिक कार्यक्रमको आयोजना गरेर वनप्लस ९आरटी स्मार्टफोन तथा बड्स जेड२ टीडब्लूएस इयरबडहरु सार्वजनिक गरेको थियो।

यो डिभाइस यसै वर्षको शुरुवातमा आएको वनप्लस ९आरटीको अपग्रेडेड भर्सनका रुपमा

ल्याइएको हो। तालिका अनुसार नै यसको पहिलो बिक्री आज अर्थात् अक्टोबर १९ का दिन स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको थियो।

बिक्री शुरु भएको ५ मिनेटमा कम्पनीले आधिकारिक रुपमा ९आरटीको बिक्री १० करोड युआन बराबर भएको जानकारी दिएको थियो।

यो डिभाइस थुप्रै प्लेटफर्ममार्फत् उपलब्ध गराइएको छ जसमा वनप्लस चाइनाको वेबसाइट, जिङडङ मल, टीमल, सुनिङ लगायतका छन्।

८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भर्सनको वनप्लस ९आरटीको मूल्य ४९९ डलर, ८ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भर्सनको ५३० डलर तथा १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भर्सनको ५७७ डलर तोकिएको छ।

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया