टोयोटाले ब्याट्री उत्पादनका लागि एक दशक भित्र ३.४ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | २ कार्तिक २०७८, मंगलवार
टोयोटाले ब्याट्री उत्पादनका लागि एक दशक भित्र ३.४ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

जापानी कार निर्माता कम्पनी टोयोटाले अमेरिकामा विद्युतीय गाडीको ब्याट्री उत्पादन वृद्धि गर्नका लागि यो दशकको अन्त्यसम्म ३.४ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।

लगानीको एक हिस्सा को रूपमा, टोयोटाले एक नयाँ कम्पनीको स्थापना गर्ने सोमबार घोषणा गरेको छ। कम्पनीको ‘टोयोटा सुसो सब्सिडरी’को सहयोगमा अमेरिकामा ब्याट्री उत्पादन संयन्त्र निर्माण गर्नेछ। कम्पनीले सन् २०३१ को अन्त्यसम्ममा १.२९ अर्ब डलर सो उत्पादन संयन्त्रमा लगानी गर्ने अपेक्षा गरेको छ।

टोयोटाले यो परियोजनाको बारेमा पछि बिस्तृतमा जानकारी साझा गर्ने बताएको छ जसमा यो प्लान्टको निर्माणको योजना सहित, भविष्यमा गरिने कार्यहरु उल्लेख हुनेछ ।

नयाँ फ्यासिलिटीमा सुरुमा हाइब्रिड विद्युतीय सवारी साधनहरुको लागी ब्याट्री बनाउनमा ध्यान केन्द्रित हुनेछ र उत्पादन २०२५ मा शुरू हुने अपेक्षा गरिएको छ। टोयोटाले यस परियोजनाको माध्यम बाट १,७५० रोजगारी सृजना गर्ने आशा गरेको छ।

टोयोटाले यो लगानी आफ्ना उत्पादनहरुमा विविधिकरण गर्ने र नयाँ प्रविधिमा जाने उद्देश्यले गरेको बताईएको छ। कम्पनीको यो घोषणा विद्युतीय सवारी साधन र आधुनिक ब्याट्री निर्माणमा अन्य कम्पनीसँग प्रतिस्पर्धाका लागि विश्वभर १३ अर्ब ५० करोड अमेरिकी डलर लगानी गर्ने घोषणाअन्तरगत भएको हो।

टोयोटाको पहिलो ईलेक्ट्रिक भेहिकल बीजेडफोजेड (bZ4X) क्रसओभर सवारी आगामी वर्षदेखि उत्तर अमेरिकी बजारमा बिक्री गर्ने यस वर्षको शुरुमा नै घोषणा गरेको थियो । सो ईलेक्ट्रिक भेहिकल जापान र चीनमा उत्पादन गरिनेछ भने आगामी वर्षदेखि नै विश्वभर बिक्री सुरु हुने कम्पनीले जनाएको छ।

तर यसको ‘बियोन्ड जीरो’ प्रयासको एक भागको रूपमा, टोयोटाले यसलाई परिवर्तन गर्ने आशा गरेको छ, यसले सन् २०२५ सम्म १५ ब्याट्री इलेक्ट्रिक भेहिकलहरु सहित ७० बिभिन्न ईलेक्ट्रिक मोडेलहरु पेश गर्ने योजना बनाएको छ। एजेन्सीहरुका साथ

प्रकाशित: २ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार