
काठमाडौं ।
ताइवान टेक्नोलोजी जायन्ट फक्सकनले आफ्नो पहिलो तीन इलेक्ट्रिक भेहिकल प्रोटोटाइप सोमबार अनावरण गरेको छ । एप्पल इंक र अन्य टेक फर्महरुको लागी उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणको आफ्नो भूमिकाबाट टाढा विविधताको महत्वाकांक्षी योजनालाई रेखांकित गर्दै कम्पनीले नयाँ क्षेत्रमा हात हालेको हो।
यी गाडीहरु, जसमा एक एसयूभी, एक सेडान र एक बस- फक्सकन र ताइवान कार निर्माता युलोन मोटर कम्पनी लिमिटेडको संयुक्त उद्यम फक्सट्रनद्वारा बनाईएको रोयटर्सले उल्लेख गरेको छ।
फक्सट्रनका उपाध्यक्ष चो छि सेनले पत्रकारहरुलाई त्यस बारेमा जानकारी दिँदै फक्सकनको लागी इलेक्ट्रिक सवारीहरु पाँच बर्षको समयमा एक ट्रिलियन अर्थात एक खर्ब ताइवान डलर वा लगभग ३५ अर्ब डलर बराबरको हुने बताए ।
यसअघि होन होई प्रेसिजन उद्योग कम्पनी लिमिटेड भनिने, फक्सकनको उद्देश्य विश्व ईलेक्ट्रिक भेहिकल बजारमा एक प्रमुख खेलाडी बन्ने रहेको छ जसले अमेरिकी स्टार्टअप फिस्कर इंक र थाईल्याण्डको ऊर्जा समूह पीटिटि पिसिएलसंग सम्झौता गरेको छ।
“होन होई तयार छ र अब शहरमा नयाँ बच्चा हुने छैन,” फक्सकनका अध्यक्ष लियु यंग-वेले कम्पनीको अर्बपति संस्थापक टेरी गाउको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा भने।
अध्यक्ष गाउले सो सेडान चलाएर स्टेजमा ल्याएको थिए, जुन संयुक्त रूपमा इटालियन डिजाइन फर्म पिनिनफरिना (Pininfarina) संग संयुक्तरुपमा विकसित गरीएको थियो।
पछिल्लो समयमा यसले आफ्नै ब्रान्ड लक्सजेन (Luxgen) ल्याउने छ र स्थानीय बजारको लागी निसान र मित्सुबिशी सवारी साधनहरुको निर्माण गर्दछ।
प्रोटोटाइपमा एक लक्जरी सेडान, एसयूभी र ट्रान्जिट बसलाई क्रमशः मोडेल ई, मोडेल सी र मोडेल टी, लेबल गरीएको छ।
सेडान आगामी वर्षहरुमा ताइवान बाहिर एक नाम नखुलाईएको कार निर्माताद्वारा बेचिनेछ, जबकि एसयूभी युलोनको एक ब्रान्डअन्तरगत बेचिनेछ र यो सन् २०२३ मा ताइवानको बजारमा उपलब्ध हुने छ।
फक्सट्रनको नाम बोक्ने बस, एक स्थानीय यातायात सेवा प्रदायकसँगको साझेदारीमा अर्को बर्ष दक्षिणी ताइवानमा धेरै शहरहरुमा दौडन शुरू हुनेछ।
यी इलेक्ट्रिक भेहिकलहरु फक्सकनको खुल्ला सफ्टवेयर र हार्डवेयर प्लेटफर्म, एमआएच कंसोर्टियममा आधारित छन्। उनीहरुलाई अत्यावश्यक रूपबाट किटको रूपमा डिजाइन गरीएको छ, जून सन्दर्भ डिजाइनको रूपमा इभी ब्रान्डहरुले आफ्नै विशिष्टताहरुका साथ बृहत उत्पादन गर्न सक्छन् ।
प्रकाशित: १ कार्तिक २०७८, सोमबार