
काठमाडौं ।
मेसेजिङ एप टेलिग्रामको डाउनलोड गुगल प्ले स्टोरमा १ अर्ब नाघेको छ।
टेलिग्राम कम्प्युटर र स्मार्टफोनबीच क्रस प्लेटफर्म मेसेजिङ हुने एप भएकाले विभन्न एन्ड्रोइड डिभाइस प्रयोगकर्ताले डाउनलोड गर्दा १ अर्ब नाघेको हो।
टेलिग्राम प्रोजेक्ट सन् २०१३ मा पाभेल डुरोभले शुरुवात गरेका थिए। यो नि:शुल्क मेसेन्जर एपमार्फत् टेक्स्ट मेसेजलाई मल्टिमिडिया फाइलमा बदल्न, १ हजार दर्शकका लागि ग्रुप भिडियो कल पनि गर्न सकिन्छ।
यसबाहेक लाखाैं श्रोताहरुका लागि भ्वाइस च्याट पनि सञ्चालन गर्न सकिन्छ।
गुगल प्लेस्टोरमार्फत् भएका १ अर्ब इन्स्टल टेलिग्रामको समग्र इन्स्टल संख्या भने होइन।
यो एप आईओएस, विन्डोजयुक्त पर्सनल कम्प्युटर, म्याकओएस तथा लिनक्स अपरेटिङ सिस्टममा पनि उपलब्ध भएकाले यी सबैका डाउनलोड जोडेपछिमात्र समग्र डाउनलोड संख्या निस्किन्छ।
यो मेसेन्जर रुसका यूजरहरुबीच बढी लोकप्रिय रहेको छ। हालै सार्वजनिक भएको तथ्याङ्क अनुसार रुमा फेसबुक र ह्वाट्सएपको जोडेर हुनेभन्दा बढी ट्राफिक टेलिग्राममार्फत् उत्पन्न हुने गर्छ।
टेलिग्रामको ट्राफिक ६.८ प्रतिशत रहेको छ भने फेसबुक र ह्वाट्सएपको जोडेर जम्मा ०.५ प्रतिशत हुन आउँछ।
हालै विश्वव्यापी रुपमा फेसबुकमा आएको समस्याका कारण पनि विकल्पका रुपमा मानिसहरुले सिग्नल तथा टेलिग्रामजस्ता एपहरुतर्फ नै आकर्षित भएका थिए।
एक हप्ताअघि ६ घण्टाका लागि फेसबुक तथा ह्वाट्सएप डाउन हुँदा ७ करोड नयाँ यूजर थपिएका टेलिग्रामको दावी थियो।
सम्बन्धित समाचार
फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम करिब ६ घण्टापछि सञ्चालनमा
फेसबुक डाउन भएका बेला ७ करोड नयाँ यूजरले ज्वाइन गरेको टेलिग्रामको दावी
१ अर्ब पटक डाउनलोड हुँदै इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्राम एलिट क्लबमा
टेलिग्रामद्वारा भिडियो प्लेब्याक स्पीड थप, एकै पटकमा १ हजारलाई भिडियो कल गर्न सकिने
प्रकाशित: १ कार्तिक २०७८, सोमबार