ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
ग्लोबल आइएमई बैंकको ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँ बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २६० पुगेको छ।

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं। ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं। २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नं। ४, नयाँ बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि विमला टण्डन र नयाँ बजारमा खोलिएको सेवाको लागि दीपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार