
काठमाडौं ।
यूरोपेली देशहरुको साझा समूह यूरोपियन यूनियन अर्थात् ईयूले केही समयअघि स्मार्टफोन लगायतका डिभाइस हरुमा यूएसबी-सी पोर्टको मापदन्ड लागू गर्ने निर्णय गरेको थियो।
यसबाट एन्ड्रोइड डिभाइसहरुलाई खासै फरक पर्ने नदेखिए पनि एप्पललाई भने निकै फरक पर्ने देखिएको छ।
एन्ड्रोइडमा केही समययता यूएसबी-सी पोर्ट नै प्रयोग हुँदै आएको र एप्पलले भने आफ्नै लाइटनिङ पोर्टको प्रयोगमा जोड दिँदै आएको हिसाबले आफूलाई निकै बेफाइदा हुने देखेर एप्पलले ईयूको यो निर्णयको विरोध गर्दै आइरहेको छ।
उसले यो निर्णयले नवीनताको बाटो थुनिने तर्क प्रस्तुत गर्दै आएको छ।
उता ईयूले भने एप्पलको उक्त भनाइको जवाफ दिँदै यो निर्णयले कुनै प्रकारको विकास र नवीन प्रयोगलाई छेकबार नगर्ने बताएको छ।
हालै एउटा अन्तरवार्ताका क्रममा उपभोक्ता सुरक्षा समितिका अध्यक्ष अन्ना काभाजिनीले हालको यो प्रस्तावले भविष्यमा कुनै नयाँ र सर्वसम्मत प्रविधि आएमा त्यसलाई आत्मसात् गर्न सकिने बाटो खुला गरेको बताएका छन्।
प्रकाशित: ३१ आश्विन २०७८, आईतवार