भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष पर्यटन सेवा २०२२ को चौथो त्रैमासमा मात्र शुरु गर्ने

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष पर्यटन सेवा २०२२ को चौथो त्रैमासमा मात्र शुरु गर्ने

काठमाडौं ।

भर्जिन ग्यालेक्टिकलाई अर्को झट्का लागेको छ। गएको बिहीबार, कम्पनीले २०२२ को चौथो क्वाटरसम्मका लागि आफ्नो व्यावसायिक अन्तरिक्ष पर्यटन सेवा सुरु गर्न ढिलाइ गरेको सिएनबीसीले उल्लेख गरेको छ।

यसअघि कम्पनी अर्को बर्षको तेस्रो त्रैमासभित्र कुनै समय सशुल्क अन्तरिक्ष उडानहरु प्रदान गर्ने आशामा थियो।

यस ढिलाइ संगै, कम्पनीले यस महिना आफ्नो क्यारियर हवाई जहाज र अन्तरिक्ष यान दुबै रिफर्बिस गर्न शुरू गर्नेछ। भर्जिन ग्यालेक्टिकले  बताएअनुसार सम्पूर्ण प्रक्रिया आठ देखि १० महिनाको अवधि लिने अपेक्षा गरेको छ। यस कदमको नतिजा स्वरुप, कम्पनीको अर्को उडान  युनिटी २३ छिटोमा २०२२ को मध्यावधी भन्दा चाँडो उड्ने छैन।

“हाम्रो सुधारिएको अवधि र यूनिटी २३ उडानको पुन: अनुक्रमणले हाम्रो सुरक्षा पहिलो प्रक्रियालाई रेखांकित गर्दछ, यसले व्यावसायिक सेवाको लागी सबैभन्दा कुशल बाटो प्रदान गर्दछ, र हाम्रो व्यापार र हाम्रा ग्राहकहरुको लागी सही दृष्टिकोण हो,” भर्जिन ग्यालेक्टिक सीईओ माइकल कोल्ग्लाजायरले एक विज्ञप्तीमा भनेका छन् ।

तर यो ढिलाइ एफएएद्धारा शुरु गरिएको यूनिटी २२ द्धारा आयोजित उडानबारे भर्खरको अनुसन्धानसँग जोडिएको छैन् । जसले भर्जिन ग्यालेक्टिक संस्थापक रिचर्ड ब्रानसनलाई अन्तरिक्षको किनारमा पुर्याएको थियो । तर यसमा तोकिएको तह भन्दा बढि र फरक उचाईमा गएको भन्दै अनुसन्धान गरिएको थियो । संघीय एजेन्सीले अनुसन्धान पूरा गरेपछि कम्पनीलाई भावी उडानका लागि अनुमति दिईसकेको छ ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार