थुप्रै नियामकहरुको आग्रहपछि एप्पलले चीनमा चर्चित ‘कुरान’ एप हटायो

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
थुप्रै नियामकहरुको आग्रहपछि एप्पलले चीनमा चर्चित ‘कुरान’ एप हटायो

काठमाडौं ।

अमेरिकी कम्पनी एप्पलले थुप्रै नियामकहरुको आग्रहपछि चीनमा आईफोनबाट चर्चित कुरान एप हटाएको छ।

कुरान मजीद नाम गरेको उक्त एपमार्फत् यूजरले इश्लाम धर्मका धार्मिक मन्त्रहरु तथा अन्य प्रार्थनासम्बन्धी जानकारीहरु पढ्न सक्ने व्यवस्था थियो।

तर हालै चिनियाँ सरकार तथा थुप्रै नियामक निकायहरुको आग्रहपछि कम्पनीले आफ्नो एप स्टोरबाट यसलाई हटाउन लागेको बीबीसीले जनाएको छ।

एप्पलको यो निर्णय चीनले विदेशी सामग्रीमाथि गरिरहेको कडाइसम्बन्धी हालसम्मकै ठूलो भएको आकलन गरिएको छ। केही दिन अघिमात्रै प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइनले आफ्नो चिनियाँ भर्सन यसै वर्षको अन्त्यसम्ममा हटाइसक्ने बताएको थियो।

चीनमा प्राविधिक तथा विदेशी सामग्रीले धेरै भन्दा धेरै नीति नियम तथा मापदन्ड पूरा गर्नुपर्ने बनाइएकोले यसो गर्न लागेको बुझिएको छ।

चीनमा चर्चितमध्ये एक रहेको कुरान मजीद एप विश्वभर नै उपलब्ध रहेको र यसका हाल विश्वभरमा ३ करोड ५० लाख यूजर रहेका बीबीसीले उल्लेख गरेको छ।

चीनमा हटे पनि अन्य देशमा भने एप स्टोर तथा गुगल प्लेमा यो एप उपलब्ध हुने बताइएको छ। एप्पलको एप स्टोरमा रहेका एप विश्लेषण तथा अनुगमन गर्ने एप्पल सेन्सरशिप वेबसाइटका अनुसार चीनमा रहेको एप स्टोरबाट कुरान मजीद आधिकारिक रुपमा हटिसकेको छ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार