अक्टोबर १९ मा सार्वजनिक हुँदै रियलमी क्यू३एस, यस्ता छन् विशेषता

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
अक्टोबर १९ मा सार्वजनिक हुँदै रियलमी क्यू३एस, यस्ता छन् विशेषता

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले आगामी अक्टूबर १९ का दिन जीटी निओ२टी का साथमा रियलमी क्यू३एस पनि सार्वजनिक गर्ने पुष्टि गरिसकेको छ।

यसै आधिरकारिक पुष्टिका क्रममा कम्पनीले आउँदै गरेका यी डिभाइसका केही विवरणको पनि खुलासा गरेको छ।

बाहिरिएको जानकारी अनुसार रियलमी क्यू३एसमा १४४ हर्जसम्मको भेरियबल रिफ्रेश रेटका साथमा एचडीआर १० सपोर्ट रहनेछ।

यसबाहेक केही समयअघि कम्पनीकै एक कार्यकारीले यो डिभाइसमा स्न्यापड्रागन ७७८जी चिपसेट रहने बताएका थिए। टीनाको सूचीमा रियलमी क्यू३एसको मोडल नम्बर पनि समावेश गरिएको छ।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेबोमा कम्पनीले एउटा पोस्ट गर्दै रियलमी क्यू३एस आगामी अक्टोबर १९ स्थानीय समय बिहान दिउँसो २ बजे सार्वजनिक हुने जानकारी दिएको हो। यो पोस्टमा यो डिभाइस नीलो र प्याजी गरी दुई रंगमा उउलब्ध रहेको देखिएको छ।

टीनाको सूची अनुसार यो डिभाइसमा ६.५९ इन्चको फुल एचडी+ एलटीपीएस डिस्प्ले रहनुका साथै ५१२ जीबी आन्तरिक स्टोरेजका तथा १२ जीबी सम्म र्यामका साथमा आउनेछ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार