ओपोले चाँडै आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन लन्च गर्ने, ग्यालेक्सी जेड फोल्ड ३ सँग प्रतिस्पर्धा

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
ओपोले चाँडै आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन लन्च गर्ने, ग्यालेक्सी जेड फोल्ड ३ सँग प्रतिस्पर्धा

काठमाडौं ।

ओपोले आउँदो महिनाहरुमा नयाँ फोल्डेबल फोन ल्याउन सक्छ। यो नयाँ फोनको बारेमा जानकारीहरु केहि हप्ताहरुमा लीक हुन सक्नेछ। रिपोर्टका अनुसार ओपोको नयाँ फोल्डेबल स्मार्टफोन सामसङको ग्यालेक्सी जेड फोल्ड ३ र ग्यालेक्सी जेड फ्लिप ३ सँग प्रतिस्पर्धा हुन सक्नेछ।

चिनियाँ वेबसाइट वेईबोमा एक नियमित टिपस्टर डिजिटल च्याट स्टेशनले ओपोको नयाँ फोल्डेबल स्मार्टफोनको केहि लीक विवरण साझा गरेको छ। यी लीक गरिएका विवरणहरुमा डिस्प्ले, चिपसेट र क्यामराको बारेमा जानकारी दिइएको छ।

डिजिटल च्याट स्टेशनका अनुसार ओपोको फोल्डेबल स्मार्टफोनको स्क्रिन साइज ७.८ इन्चदेखि ८ इन्चसम्म हुन सक्छ। यदि यो सहि हो भने ओपो फोल्डेबल फोनमा ग्यालेक्सी जेड फोल्ड ३ को भन्दा ठूलो स्क्रीन हुनेछ। यस बाहेक ग्यालेक्सी जेड फोल्ड ३ मा राखिएको जस्तै ओएलईडी प्यानल डिस्प्ले ओपो फोल्डेबल फोनमा पनि हुन सक्नेछ। यो फोन स्न्यापड्रागन ८८८ चिपसेटको साथ लन्च हुन सक्नेछ।

यो ओपो फोन  रियर प्राइमरी क्यामरा ५० एमपीको आईएमएस ७६६ (IMX 766) सेन्सरका साथमा आउन सक्छ। यसका साथै यसको अगाडि ३२ मेगापिक्सेलको क्यामरा सेन्सर दिइनेछ।

रिपोर्टका अनुसार यो फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर हुनेछ भने फोन एन्ड्रोइड ११ मा आधारित कलरओएस १२ मा संचालित हुनेछ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ३१ आश्विन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ३१ आश्विन २०७८, आईतवार

NOC from Nagarik App

  • ३१ आश्विन २०७८, आईतवार

E-pension verification system launched

  • ३१ आश्विन २०७८, आईतवार