तेस्रो पक्षका एप आइकन किन देखिँदैनन् एप्पल वाच सिरिज ७ मा?

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
तेस्रो पक्षका एप आइकन किन देखिँदैनन् एप्पल वाच सिरिज ७ मा?

काठमाडौं ।

हालै सार्वजनिक भएको एप्पल वाच सिरिजको पहिलो युनिट सम्बन्धित खरिदकर्ताको हातमा परिसक्दा एउटा गम्भीर समस्या देखा परेको छ।

यो डिभाइस खरिद गरेका केही यूजरहरुका अनुसार तेस्रो पक्षका एपहरु आइकनसहित देखा पर्दैनन् बरु तिनीहरु एप्पल वाच सिरिज ७ को होमस्कृनमा अदृश्य रहन्छन्।

यो बग अर्थात् समस्या सबैभन्दला पहिले एप्पल इकोसिस्टमसँग सम्बन्धित उत्पादनहरुको काम गर्ने एक डेभलपरले याद गरेका थिए।

उनले एक्सकोडमा रहेको सिमुलेटरमा ती आइकनहरु राम्ररी देखिने भए पनि वास्तविक एप्पल वाचमा भने देखिएको थिएन।

केहीले यसका पछाडि नयाँ स्क्रीन डाइमेन्सन तथा रेजोल्युशनका कारण यस्तो भएङ्को विश्वास गरेका छन्। किनकी यस्ता एप तथा आइकनहरु वाचओएसलगायतका अपरेटिङ सिस्टम भएका यसअघिका वाचहरुमा राम्ररी नै देखिने गर्दथे।

तर होम स्क्रीनको भ्यू लाई ‘लिस्ट’ मोडमा राखेपछि भने आइकनहरु नदेखिए पनि तिनीहरुको नाम देखा पर्ने भएकाले कमसेकम कुन आइकन कुन एपको हो भनेर ठम्याउन सकिन्छ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार