किन तात्छ स्मार्टफोन ? तपाइँको फोनलाई ओभरहिटिङ्गबाट कसरी बचाउने जान्नुहोस्

  • Technology Khabar | ३१ आश्विन २०७८, आईतवार
किन तात्छ स्मार्टफोन ? तपाइँको फोनलाई ओभरहिटिङ्गबाट कसरी बचाउने जान्नुहोस्

काठमाडौं ।

आजकल स्मार्टफोन हाम्रो दैनिक जीवनको एक अनिवार्य हिस्सा बनेको छ। फोन कल गर्न, मेल पठाउन, इन्टरनेटको उपयोग गरेर वा डिजिटल भुक्तानी गर्न, आजकल हामी सबै साना र ठूला कामहरुको स्मार्टफोनमा निर्भर छौं। धेरै पटक धेरै प्रयोगको कारण, स्मार्टफोन तात्ने समस्या हुन थाल्छ। स्मार्टफोनको ओभरहिटिङ्ग खतरनाक हुन सक्छ, यसले तपाइँको फोनको ब्याट्री विस्फोट गर्न सक्छ।

किन फोन धेरै तात्ने समस्या हुन्छ?

  • भारी ग्राफिक्स र ठूला एपहरुको अत्यधिक उपयोगले पनि फोन तातो हुन सक्छ।
  • यो समस्या फोनमा अधिक एप, गेम वा अन्य सफ्टवेयर डाउनलोड गर्नाको कारणले पनि हुन्छ।
  • केहि अवस्थामा, फोनको कम्युनिकेसन युनिट र क्यामरा पनि फोन तात्नुको कारण हुन्छ ।

कसरी फोन धेरै तातो हुनबाट बच्ने?
फोन तात्ने हुँदा प्रयोग गर्नु पनि चुनौतीपूर्ण हुन्छ र साथसाथै यसको परफरमेन्सलाई बिगार्छ। त्यसैले यो समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ जानौं-

फोन कभर प्रयोग नगर्नुहोस्
स्मार्टफोन ओभरहिटिङ्गको एक प्रमुख कारण मोबाइल कभर हो। कडा घाम र तातो वातावरणको प्रभावले मोबाइललाई पनि प्रभावित गर्दछ। मोबाइल कभरले आन्तरिक हिटलाई बाहिर आउन र फोनमा चिसो हावा प्रवेश गर्न रोक्दछ। त्यसैले समय समयमा फोन कभर हटाउनुहोस् र फोन प्रयोगमा छैन भने चिसो स्थान वा पंखाको नजिक राख्नुहोस्।

स्मार्टफोनलाई कहिल्यै पूर्ण चार्ज नगर्नुहोस्
१०० प्रतिशत हुने गरेर स्मार्टफोन कहिल्यै चार्ज नगर्नुहोस्। सधैं आफ्नो फोन मा ९० प्रतिशत वा त्यो भन्दा कम ब्याट्री राख्नुहोस्।यति मात्र हैन, फोनको ब्याट्री २० प्रतिशत भन्दा तल ड्रप हुन नदिनुहोस्। त्यसैगरी पटक पटक चार्ज गर्ने काम बन्द गर्नुहोस् । ब्याट्रीलाई बारम्बार चार्ज गर्दा ओभरहिटिङ्गको कारक हुन सक्छ, र यदि फोनमा ब्याट्री कम छ भने यो यसको लाइफको लागी हानिकारक हुन सक्छ। एक दिनमा २-३ पटक मात्र आफ्नो फोन चार्ज गर्नुहोस्।

ब्याकग्राउण्ड एप बन्द गर्नुहोस्
यदि तपाइँ कुनै एप्सको उपयोग गर्नुहुन्न भने, ब्याकग्राउण्ड (पृष्ठभूमि)बाट उनीहरुलाई बन्द गर्नुहोस्। एप्स ब्याकग्राउण्डमा चलिरहँदा फोन तात्ने हुन्छ। त्यसले तपाइँ प्रयोग नगर्ने अनावश्यक एपहरु बन्द गर्नको लागी, एप आइकनमा ट्याप गरेर फोर्स स्टप चयन गर्नुहोस्।

मूल चार्जर र यूएसबी प्रयोग गर्नुहोस्
डुप्लिकेट वा सस्तो चार्जरले स्मार्टफोन चार्ज गर्दा स्मार्टफोन ओभरहिटिङ्गको समस्या पैदा गर्न सक्छ। यति मात्र हैन, ब्याट्री विस्फोट हुने खतरा पनि हुन्छ । त्यसैले सक्कली र कम्पनीको ब्राण्डेड चार्जर र केबुल मात्र प्रयोग गर्नुस् ।

प्रकाशित: ३१ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार