चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध लागेसँगै अमेरिकाबाट सर्वाधिक माइनिङ

  • Technology Khabar | २८ आश्विन २०७८, बिहीबार
चीनमा बिटक्वाइनमाथि प्रतिबन्ध लागेसँगै अमेरिकाबाट सर्वाधिक माइनिङ

काठमाडौं ।

केही समयअघि चीनले क्रिप्टोकरेन्सी माइनिङ लगायतका सबै प्रकारका कारोबार अवैध हुने घोषणा गरेपछि अधिकांशले माइनिङका लागि अमेरिकालाई छानेका छन्।

हालै क्याम्ब्रिज बिटक्वाइन इलेक्ट्रिसिटी कन्जम्सन इन्डेक्स सीबीइसीआईले जारी गरेको एक अनुसन्धान रिपोर्ट अनुसार वैश्विक बिटक्वाइन माइनिङमा चीनको हिस्सा शून्यमा झरेको छ।

गत जुनमा चीनले आफ्ना देशका बैंकहरुलाई बिटक्वाइन लगायत क्रिप्टोकरेन्सीको कारोबारमा सहजीकरण नगर्न आग्रह गर्दै माइनिङमाथि प्रतिबन्ध लगाएको थियो।

सन् २०१९ को सेप्टेम्बरसम्म विश्वको समग्र बिटक्वाइन माइनिङको तीन चाैथाइ भाग चीनमा नै हुने गरेको थियो।

चीनले बिटक्वाइन माइनिङ  कारोबारमाथि प्रतिबन्ध लगाएपछि विश्वकै माइनिङ ३८ प्रतिशतले घटेको सीबीईसीआईको प्रतिवेदनमा उल्लेख छ। तर गत जुलाइ र अगस्तमा यसको २० प्रतिशत शोधभर्ना भएको र त्यसको कारणमा चीनमा गरिने माइनिङमध्ये केही समुद्रपारका देशहरुमा लगेर सञ्चालन गरिएको पत्ता लागेको थियो।

प्रकाशित: २८ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २८ आश्विन २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २८ आश्विन २०७८, बिहीबार

NOC from Nagarik App

  • २८ आश्विन २०७८, बिहीबार

E-pension verification system launched

  • २८ आश्विन २०७८, बिहीबार