ठूला टेक जायन्टहरुमा पनि जोखिम बढ्दै: फेसबुकपछि गुगल र ट्विटर पनि डाउन

  • Technology Khabar | २८ आश्विन २०७८, बिहीबार
ठूला टेक जायन्टहरुमा पनि जोखिम बढ्दै: फेसबुकपछि गुगल र ट्विटर पनि डाउन

काठमाडौं ।

एक हप्ताअघि सोसल मिडिया जायन्ट फेसबुक फेसबुक अचानक डाउन भएर ६ घण्टापछि ठिक भएकोमा दुई दिन यता जीमेल तथा ट्विटरमा पनि समस्या देखिएको छ।

गुगलको जीमेल सेवा दुई दिनअघि डाउन भएको थियो । यो सेवामा समस्या आएपछि ट्विटरमा #GmailDown ट्रेन्डिङ भएको थियो। ट्विटरमा थुप्रै यूजरले सर्भिस डाउन भएको बताएका थिए।

भारतमा जीमेलमा आएको समस्याका कारण ईमेल पठाउन नसकिएको केही यूजरको गुनासो थियो।

डाउन डिटेक्टरका अनुसार भारतका ६८ प्रतिशत यूजरले आफूले वेबसाइटमा समस्या भोगिरहेको लेखेका थिए।

यस्तै १८ प्रतिशतले सर्भर कनेक्शनमा समस्या आएको गुनासो गरेका थिए भने १४ प्रतिशतले लग इनमा समस्या आएको रिपोर्ट गरेका थिए।

ट्विटरमा पनि समस्या

भारतमा जीमेल डाउन भएको ठिक अर्को दिन माइक्रोब्लगिङ प्लेटफर्म ट्विटर पनि डाउन भएको छ।

वेबसाइट तथा सेवाहरुका रियलटाइम जानकारी दिने प्लेटफर्म  डाउन डिटेक्टरका अनुसार भारतका लगभग ५०० यूजरका ट्विटर एकाउन्टमा समस्या आएको थियो।

तीमध्ये ५५ प्रतिशत यूजरका वेबसाइटमा, ३५ प्रतिशतको ट्विटर ऐपमा तथा ११ प्रतिशत यूजरहरुले भने सर्भरसँग सम्बन्धित समस्या रिपोर्ट गरेका थिए।

फेसबुकमा विश्वव्यापी नै समस्या देखिएको थियो भने ट्विटर तथा जीमेलमा भने विशेष गरी भारतमा समस्या देखिएको थियो। यी सेवाहरु डाउन हुनुको कारण खुलेको छैन।

प्रकाशित: २८ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार