नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्यान्ड के हो? कसरी चलाउने?

  • Technology Khabar | २६ आश्विन २०७८, मंगलवार
नेपाल टेलिकमको फोरजी वायरलेस होम ब्रोडब्यान्ड के हो? कसरी चलाउने?

काठमाडौं ।

फोरजी वायरलेस होम ब्रोडब्यान्ड नेपाल टेलिकमको जीएसएम सिमलई वाइफाइ डिभाइस अर्थात् सीपीईमा राखेर वाइफाइ सहितको इन्टरनेट सेवा प्रयोग गर्न सकिने प्रविधि हो।

यस प्रविधिमार्फत् घर अफिस वा अन्य जुनसुकै ठाउँमा पनि इन्टरनेट चलाउन सकिन्छ। यसलाई नेपाल टेलिकमले छोटो र सजिलो नमस्तै वाइफाइ भन्ने नाम दिएको छ।

ताररहित अर्थात् वायरलेस रुपमा धेरै डाटा चलाउनका लागि देशैभरका कुनै पनि ठाउँका फोरजी ग्राहकले यो सेवा उपयोगमा ल्याउन सक्नेछन्।

यो सेवा प्रयोग गर्नेले यो नमस्ते वाइफाइ डिभाइस आवश्यकता अनुसार घर अफिस वा अन्य जुनसैक ठाउँमा लैजान सक्ने सुविधा छ।

जहाँ राखेर पनि तुरुन्तै वाइफाइ इन्टरनेट चलाउन सकिने टेलिकमले जनाएको छ।

कसरी प्रयोग गर्ने?

यसका लागि वाइफाइ डोंगल वा सीपीई कस्टमर प्रिमाइसेस इक्विपमेन्टको आवश्यकता पर्छ। यो डोंगल वा सीपीई नेपाल टेलिकमले नै उपलब्ध गराएको छ।

आफूलाई पायक पर्ने ठाउँबाट यी डिभाइस किनेर त्यसमा टेलिकमको फोरजी सिम राखेपछि यो प्रयोगका लागि तयार हुन्छ।

यसमार्फत् सस्तो दरमा फोरजी वायरलेस होम ब्रोडब्यान्ड उपलब्ध हुने कम्पनीको भनाइ छ।

टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसारका विभिन्न दरका इन्टरनेट प्याकेजहरु उपलब्ध गराएको छ।

यस्तो छ प्याकेज

क्र.सं.प्याकेज विवरणमासिक डाटाजम्मा डाटाम्यादशुल्क
मुख्य डाटा ३० जीबी‌ ‌+ प्रतिदिन  १ जीबी निश्चित एप फेसबुक/युट्युब डाटा३० जीबी‌+ ३० जीबी‌६०३० दिन९००-मासिक ग्राहक
१ कमुख्य डाटा ३० जीबी‌ ‌+ प्रतिदिन  १ जीबी निश्चित एप फेसबुक/युट्युब डाटा३० जीबी‌+ ३० जीबी‌७२०१ वर्ष९, ६००-वार्षिक ग्राहक
मुख्य डाटा ३० जीबी‌ ‌+ प्रतिदिन  २ जीबी निश्चित एप फेसबुक/युट्युब डाटा६० जीबी‌+ ६० जीबी‌१२०३० दिन१,५००-मासिक ग्राहक
२ कमुख्य डाटा ३० जीबी‌ ‌+ प्रतिदिन  २ जीबी निश्चित एप फेसबुक/युट्युब डाटा६० जीबी‌+ ६० जीबी‌१, ४४०१ वर्ष१६, ०००-वार्षिक ग्राहक

 

प्रकाशित: २६ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार