को को परे श्रावण महिनाका उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमा?

  • Technology Khabar | २५ आश्विन २०७८, सोमबार
को को परे श्रावण महिनाका उत्कृष्ट १० इन्टरनेट सेवा प्रदायकमा?
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को श्रावण मसान्तसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् २०७८ श्रावण मसान्तसम्ममा आइपुग्दा आईएसपीहरुका ग्राहक सङ्ख्यामा उल्लेख्य उतार चढाव आएको छ।

कोरोना महामारीका कारण अनलाइन कक्षा र वर्क फ्रम होम अपरिहार्य भएभपछि इन्टरनेट कनेक्शन लिने ग्राहकको सङ्ख्या देशैभर बढेको छ।

यो आर्थिक वर्षको पहिलो महिनामा कुन कुन इन्टरनेट सेवा प्रदायक ग्राहक सङ्ख्याका आधारमा उत्कृष्ट १० मा परे त?

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड- ५, ३०, ७७८

असार मसान्त – ५, ११, ६८१श्रावण मसान्त – ५, ३०, ७७८वृद्धि – १९,०९७

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०७८ श्रावण मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको जम्मा ग्राहक सङ्ख्या ५ लाख ३० हजार ७७८ पुगेको छ। असार मसान्तसम्म ५ लाख ११ हजार ६८१ ग्राहक रहेकामा उक्त सङ्ख्यामा १९ हजार ९७ बढेको हो। यीमध्ये वायरलेसका ग्राहक ७२७, केबलका ग्राहक ८०० र फाइबरका ग्राहक ५, २९ हजार २५१ रहेका छन्।

२. सुविसु केबलनेट प्रालि २, २७, ९४६

असार मसान्त- २, १०, ५१३श्रावण मसान्त – २,२७, ९४६वृद्धि – १७, ४३३

दोस्रो नम्बरमा रहेको सुविसु केबलनेट प्रालिको जम्मा ग्राहक सङ्ख्या २ लाख २७ हजार ९४६ पुगेको थियो। यो सङ्ख्या असार मसान्तसम्म २ लाख १० हजार ५१३ रहेको थियो।

एक महिनामा १७ हजार ४३३ ग्राहक थपिएका छन्। यीमध्ये वायरलेसका ग्राहक १०, ६१४, केबलका ग्राहक २३, ६०७ र फाइबरका ग्राहक १, ९३ हजार ७२५ रहेका छन्।

३. क्लासिकटकेक प्रालि – १, ५९, ०३१

असार मसान्त – १, ५७, ८८५श्रावण मसान्त – १, ५९, ०३१वृद्धि – १, १४६

उत्कृष्ट १० को सूचीमा तेस्रो नम्बरमा रहेको क्लासिकटेक प्रालिको असार महिनासम्मको कुल ग्राहक सङ्ख्या १ लाख ५७ हजार ८८५ रहेकामा एक महिनाको अवधिमा १ हजार १ सय ४६ वृद्धि भएर १ लाख ५९ हजार ३१ पुगेको छ। यीमध्ये १, ५८, १६७ फाइबर सेवा लिने ग्राहकहरु छन् भने ८६४ वायरलेसका ग्राहक छन्।

४.भायनेट प्रालि – १, ५६, ९५३

असार मसान्त – १, ५२, १३१श्रावण मसान्त – १, ५६, ९५३वृद्धि – ४, ८२२

चाैथो नम्बरको भायानेट प्रालिको जम्मा ग्राहक सङ्ख्या असार मसान्तसम्म १ लाख ५२ हजार १३१ रहेकामा एक महिनामा ४ हजार ८२२ थपिएर श्रावण मसान्तसम्म १ लाख ५६ हजार ९५३ पुगेको छ। यसमध्ये सबै फाइबरका ग्राहक छन्। भायानेट प्रालिका केबल र वायरलेस ग्राहकहरु छैनन्।

५. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि ७४, ०४२

असार मसान्त – ७४, ०४२श्रावण मसान्त – ७४, ०४२अन्तर – यथावत

कुल ग्राहक सङ्ख्या ७४ हजार ४२ रहेको वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालि सूचीको पाँचाैं नम्बरमा पुगेको छ। उसको अघिल्लो महिनाको ग्राहक संख्यामा कुनै परिवर्तन छैन।

उसका ७४ हजार ४२ मध्ये २ हजार ७९१ जना वायरलेसका तथा बाँकी ७१, २५१ जना फाइबरका ग्राहक रहेका छन्। वेबसर्फरका पनि केबल सेवा लिने ग्राहक छैनन्।

६. टेकमाइण्ड्स नेटवर्क प्रालि ६६, ५९९

असार मसान्त – ६६, ८३४श्रावण मसान्त – ६६, ५९९कमी – २३५

चितवनमा मुख्य कार्यालय रहेको टेकमाइण्ड्स नेटवर्क प्रालि कुल ६६ हजार ५९९ ग्राहकसहित छैटाैं नम्बरमा परेको छ। यो सङ्ख्या अघिल्लो महिना अर्थात् असार मसान्तको भन्दा २३५ ले कम हो।

६६ हजार ५९९ मध्ये २, ३५६ जना वायरलेसका तथा ६४, २४३ जना फाइबर सेवाका ग्राहक रहेका छन् भने यो कम्पनीका पनि केबल सेवाका ग्राहक छैनन्।

७. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि – ४६, २१८

असार मसान्त – ४६, २१८श्रावण मसान्त – ४६, २१८अन्तर –  यथावत्

उत्कृष्ट १० को साताैं नम्बरमा परेको ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिका जम्मा ४६ हजार २१८ जना ग्राहक रहेकोमा १६५ जना वायरलेसका तथा बाँकी ४६, ०५३ ग्राहक फाइबरका छन्। ब्रोडलिंकका पनि केबलमार्फत् सेवा लिने ग्राहक छैनन्। यो संख्या अघिल्लो महिनाकोभन्दा फरक छैन।

८. डिश मिडिया नेटर्क २९, ४४३

असार मसान्त – १७, ९६४श्रावण मसान्त – २९, ४४३वृद्धि – ११, ४७९

सूचीको आठाैं नम्बरमा परेको डिश मिडिया नेटवर्कको कुल ग्राहक सङ्ख्या २९ हजार ४४३ रहेको छ।

असार मसान्तसम्म यो संख्या १७ हजार ९६४ रहेको थियो। एक महिनाको अन्तरमा ११ हजार ४७९ जना बढेर श्रावण मसान्तमा यो परिमाणमा ग्राहक संख्या पुगेको हो।

यीमध्ये डिश मिडिया नेटवर्कले सबै २९ हजार ४४३ जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ।

९. कनेक्ट नेपाल नेटवर्क – १८, ५७०

असार मसान्त – १८, ५७०श्रावण मसान्त – १८, ५७०अन्तर – यथावत्

सूचीको नवाैं नम्बरमा परेको कनेक्ट नेपाल नेटवर्कको कुल ग्राहक सङ्ख्या १८ हजार ५७० रहेको छ।

यीमध्ये कनेक्ट नेपाल नेटवर्कले ६० जनालाई वायरलेस सेवा प्रदान गरिरहेको छ भने बाँकी १८, ५१० जनालाई फाइबरमार्फत सेवा दिइरहेको छ। कनेक्ट नेपाल नेटवर्कले पनि केबलमार्फत कुनै ग्राहकलाई सेवा दिएको छैन।

१०. एरोनेट प्रालि १५, २९८

असार मसान्त – १४, ८८४श्रावण मसान्त – १५, २९८वृद्धि – ४१४

असार महिनासम्ममा जम्मा ग्राहक सङ्ख्या १५ हजार ७६९ पुर्याएर सूचीको नवाैं नम्बरमा परेको एरोनेट प्रालि श्रावण मसान्तमा ४१४ ग्राहक संख्या थपेर दशाैं स्थानमा पुगेको छ।

यसले पनि केबलमार्फत् सुविधा दिएको छैन भने उसका वायरलेस ग्राहक ७४ जना तथा फाइबरमार्फत् सेवा लिने ग्राहक १५ हजार २२४ रहेको तथ्याङ्क छ।

*यो सूची नेपाल दूरसञ्चार प्राधिकरणले अद्यावधिक गरेको २०७८ श्रावण मसान्तसम्मको एमआईएस तथ्याङ्कमा आधारित छ।

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार